प्रदेश सरकारले पूर्वाधार बिनै विश्वविद्यालय बनाउनु गलत : अध्यक्ष डा.दत्त – Jaleshwortoday

प्रदेश सरकारले पूर्वाधार बिनै विश्वविद्यालय बनाउनु गलत : अध्यक्ष डा.दत्त

 January 4, 2023  
tt

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० पौंष

मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रदेश सरकारहरुले पूर्वाधारहरुको तयारी नगरी धमाधम विभिन्न विश्वविद्यालयहरुको स्थापना गर्नु गलत रहेको बताएका छन् | मधेश कृषि विश्वविद्यालयको अवलोकन गर्न पुगेका अध्यक्ष डा.दत्तले नामको लागि मात्र नभएर पूर्वाधार तथा बजेटको उचित व्यवस्थापन गरी विश्वविद्यालय बनाउनुपर्ने कुरामा जोड दिएका छन् | अध्यक्ष डा.दत्तले विना बजेट र पूर्वाधारको विश्वविद्यालयले शैक्षिक स्तरमा अभिबृद्धि गर्न नसक्ने समेत बताएका छन् | आयोगका अध्यक्ष डा.दत्तलाई विश्वविद्यालयका उपकुलपति वैद्यनाथ महतो र रजिस्ट्रार भगवान ठाकुरले विश्वविद्यालयको गतिविधि बारे जानकारी गराउदै विश्वविद्यालय संग अहिले आफ्नो भवन र जग्गा नरहेको तथा एउटा स्कुलको भवनलाई भाडामा लिएर विश्वविद्यालय संचालन गरिरहेको बताएका छन् | प्रगती विवरणको जानकारी लिएपछि अध्यक्ष डा.दत्तले पदाधिकारीहरुले विना बजेट तथा पूर्वाधार धेरै काम गरेको प्रसंशा गर्दै विश्वविद्यालयलाई देशकै नमुना तथा उत्कृष्ट बनाउन आयोगले समन्वयात्मक भूमिका खेल्ने समेत प्रतिबद्धता व्यक्त गरेका छन् |