जसपा बुथ लुट्ने तयारी गरेको छ : डा. सीके राउत – Jaleshwortoday

जसपा बुथ लुट्ने तयारी गरेको छ : डा. सीके राउत

 April 22, 2023  
kk

जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ बैशाख

जनमत पार्टीका अध्यक्ष सीके राउतले आइतबार हुने उपनिर्वाचनमा जनता समाजवादी पार्टीले बुथ लुट्ने तयारी गरिरहेको आरोप लगाएका छन्।

उनले बारा २ भित्रका विभिन्न बुथको सूची उल्लेख गर्दै ती बुथहरूमा अनुगमनका लागि पुग्न सञ्चारकर्मीहरूलाई चुल्हे निम्तो समेत दिएका छन्।

‘यी बूथहरू जसपा लूट्नका लागि तयारी गरेका छन्। पत्रकारहरूलाई हेर्न आउन चुल्हो निम्तो,’ राउतले भनेका छन्, ‘खासगरी नेपाल–भारतको सीमानासँगै नजिकै रहेका बुथहरू दिनदहाडै लुटिने गरेका छन्।’

सामाजिक सञ्जालमा उनले बुथ कब्जाका लागि प्रहरी प्रशासनलाई जसपाका नेताहरूले मिलाएर राखेको, निर्वाचन अधिकारीहरूसँग मिलेर फर्जी मतदानका लागि तम्तयार भएको लगायतका आरोप लगाएका छन्।

नेपाल सरकारले ती ठाउँहरूमा सेना परिचालन गरेर बुथभित्रको सुरक्षा कडाईमा समेत ध्यान पु¥याउन उनले आग्रह गरेका छन्।