५९औ राष्ट्रिय बाल दिबस विभिन्न कार्यक्रमहरु गरी मनाइयो – Jaleshwortoday

५९औ राष्ट्रिय बाल दिबस विभिन्न कार्यक्रमहरु गरी मनाइयो

 September 15, 2023  
nn

अखिलेश झा
महोत्तरी, २९ भाद्र

hh
बाल क्लबहरुको अगुवाईमा गरिने प्रर्बधानात्मक अन्र्तगत ५९औ राष्ट्रिय बाल दिबस २०८० “बालबालिका लगानी ः सुनिश्चित भबिष्यको थालनी”नाराका साथ जलेश्वर न.पा को मेयर सुरेश कुमार साह सोनारको प्रमुख आतिथ्य,उपमेयर रौशन खातुनको आतिथ्य,गढीमाई बाल क्लबको अध्यक्ष रोशनी पाण्डेको अध्यक्षतामा र म.बि.नि मधु कुमारी साह तथा अनिता साहको उपस्थितीमा जलेश्वर नगरपालिका भित्र रहेका माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा ८,९ र १० का बालबालिकाहरु बीच नगरस्तरिय हाजिरी जबाफ प्रतियोगीता महेन्द्र आदर्श महिला माध्यमिक बिद्यालयको प्रांगणमा रतौली युबा क्लब तथा सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित समुन्नति कार्यक्रमको सहयोग तथा जलेश्वर न.पा.को आयोजनामा सम्पन्न भएको छ । आज आयोजित हाजिरी जबाफ प्रतियोगीतामा मा.बि. पर्सा पतैली , ल च.मु.मा बि.जलेश्वर , सुकदेब मा बि सुगा क्रमशः प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गरेका बालबालिकाहरुलाई उपप्रमुख रौशन खातुनले पुरस्कार बितरण गर्नु भयो । उक्त प्रतियोगीताको उद्घाटन मन्तब्यको क्रममा बाल दिबसको औचित्य , बालबालिकाको अधिकार तथा कर्तब्य र नगरपालिका अगामी दिनका बालबालिकामा लगानी पहिलो प्राथमिकतामा राखेको जानकारी समेत गराउनु भयो । उक्त दिबस जलेश्वर न.पा. को सबै वडामा बाल क्लबको अगुवाईमा बिभिन्न क्रियाकलाप गरि सम्पन्न भएका छन । त्यस्तै उक्त दिबस पिपरा गा.पा.मा पनि पालिका स्तरिय “बालबालीकाको सुनिश्चितता सरोकारबालाको भूमिका बिषयमा बक्तृत्व प्रतियोगीता उक्त पालिकाको हँलमा प्रमुख प्रशासकिय अधिकृत शम्भु ठाकुरको अध्यक्षता तथा पालिकाको वडा अध्यक्ष, स्थानिय बाल अधिकार समिती तथा शाखा प्रमुख,बिद्यालयको शिक्षक प्रतिनीधी तथा बाल क्लबहरुको सदस्यहरुको उपस्तिथीमा समपन्न भयो । उक्त प्रतियोगीतामा राम अयोध्या मा.बि. का निधी झा प्रथम, मा.बि. सहोडबाको आदित्य साह दोस्रो र मा.बि. रतौलीका लक्ष्मी मण्डलले तेस्रो स्थान प्राप्त गरेका छन । उक्त दिबस पिपरा गा.पा. को सबै वडामा बाल क्लबको अगुवाईमा बिभिन्न क्रियाकलाप गरि समेत सम्पन्न भएका छन ।

mm