जलेश्वरटुडे समाचारदाता
गौशाला २६ मंसिर
नागेन्द्र सत्या तर्फबाट फरार प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतो कोइरीलाई समाजिक संजाल मार्फत खुल्ला पत्र लेखेका हुन् ।
०८० मंसिर २४ गतेका दिन नागेन्द्र सत्या आफ्नो प्रसनल आईडी मार्फत फरार प्रतिनिधि सभाका सदस्य लक्ष्मी महतो कोइरीलाई खुल्ला पत्र लेखेका हुन् । खुल्ला पत्र यस प्रकार लेखिएका छन् ।
मिति:-२०८०/०८/२४गते
लक्ष्मी महतो कोइरीज्यु,
प्रतिनिधि सभाका सदस्य(निलम्बन)
महोत्तरी क्षेत्र नम्बर १
जब सबाल तपाईंको आउँछ तब ध्यान मेरो विभेदकारी सरकारमाथी जान्छ। तपाईंलाई कारबाही गर्नुभन्दा पहिले ती प्रत्येक हत्याराहरुलाई कारबाही गर जो विभेदकारी सरकारको इसारामा प्रहरी/सशस्त्र प्रहरीद्वारा निर्दोष जनताहरुको हत्या गरियो भन्ने आवाज पटकपटक बोलेकै छु। के मधेस आन्दोलनमा हत्या गरिएका जनताहरु यो देशको नागरिक थिएन भनेर पनि प्रश्न गरेकै छु। पीडित परिवारले सकेसम्मको न्याय पाउनु पर्छ तर तपाईंलाई कारबाही गरेर नै न्याय हुन्छ भन्ने कुरा छैन भनेर पनि भनेकै छु। त्यतिबेला सरकारले मधेसी जनतामाथी गरेको दमनलाई आक्रोश भएर प्रतिकार गर्दागर्दै नघटनु पर्ने घटेको घटना हो त्यो सबैले बुझेका कुरा नै हुन्। हुन त हामीले उल्टै आवाज उठाउने बेला आएको छ किनकी यसको प्रत्यक्ष असर महोत्तरी क्षेत्र नम्बर १ ले भोग्नु परेको छ। हामीलाई थाहा छ यो सब हाम्रो क्षेत्रको हार खाएको जनप्रतिनिधिको खेल हो। हामीलाई यो पनि थाहा छ कि ५००० हत्या स्वीकार गरेको प्रचण्ड प्रधानमन्त्री भएको देशमा मधेसका हकअधिकारका लागि लडने तपाईं आरोपित विभेदकारी सरकारको हातमा परेपछि सजिलै निस्किन दिदैन। तर म ब्यक्तिगत तर्फबाट तपाईंलाई अनुरोध गर्न चाहन्छु कि तपाईं अब जतिसक्दो चाडो हुन्छ जनतासामु आउनुहोस् तत्काल रंगभेदी सरकारले जे व्यबहार गर्छ त्यसको प्रतिकार गर्दै अघि बढनु होस्। थरुहटका नायक रेशम चौधरी झै जेल बस्नुपरे पनि बस्नुहोस। बास्तबिक अन्यायमा तपाईं पर्नुभएको छ न्याय तपाईंलाई चाहिएको छ जसको लागि एक पटक फेरि लडनुपर्ने छ। तपाईं मधेस आन्दोलनमा धेरै योगदान दिनुभएको छ। तपाईं आफ्नो लागि नभएपनि महोत्तरी क्षेत्र नम्बर १ का जनताका लागि खुलेर जनतासंग भेट्न आउनुहोस्। त्यतिबेला नै तपाईंलाई रंगविभेदी सरकारले पक्राउ गर्नेछ। त्यतिबेला तपाईं महोत्तरी क्षेत्र नम्बर १ का लागि नायक साबित हुनुहुनेछ। तर जनतासंग कति दिन टाढा बस्नु हुन्छ। हामीलाई थाहा छ तपाईं निर्दोष हुनुहुन्छ तर म महोत्तरी क्षेत्र नम्बर १ का जनता भएको नाताले यति भन्छु कि तपाईं अदालत जानुहोस् कि जनतासामु आउनुहोस्। कि सांसद भवन जानुहोस् कि निर्दोष हुँदाहुँदै पनि तत्काल जेल जानुहोस्। यदि अब यस्तो गर्नुभएन भने महोत्तरी क्षेत्र नम्बर १ को जनतासंग अब अन्याय हुन्छ। तपाईं मधेसको लागि लडनु भएको छ जनताले तपाईंको न्यायको लागि अवश्य लडने छ। हाम्रो लडाइँ थमन विकको परिवारसंगको छैन हाम्रो लडाइँ विभेदकारी सरकारसंगको छ। अहिलेको लागि यति नै।
नागेन्द्र सत्या
गौशाला नगरपालिका-१२
कान्तिबजार, महोत्तरी।
