मधेस प्याब्सनलाई राष्ट्रियस्तरमा पुर्याउने छु : केन्द्रिय अध्यक्ष झा – Jaleshwortoday

मधेस प्याब्सनलाई राष्ट्रियस्तरमा पुर्याउने छु : केन्द्रिय अध्यक्ष झा

 June 15, 2024  
11

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १ आषाढ

मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले मधेस प्याब्सनलाई राष्ट्रियस्तरमा पुर्याउने बताउनु भएको छ । वहाँले यसको लागि प्रदेश,जिल्ला तथा नगर कार्यसमितिका सदस्यहरुले आ—आफ्नो ठाउँबाट सहयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रमको पूर्वाद्धमा माता सरस्वतीको प्रतिमामाथि पुष्प,चन्दन,माला चढाई दिप प्रज्जवलन गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।
मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष तथा गैलेक्सी सेकेण्ड्री स्कुलको संस्थापक प्रा.अमरेन्द्र कुमार झाको अध्यक्षता तथा केन्द्रिय सचिव प्रा. पवन कुमार साहको संयोजकत्वमा ग्यालेक्सी स्कुल एवं कालेजको परिसरमा मधेस प्याब्सन अन्तर्गतका ११ वटा निम्न बमोजिमका सदस्य विद्यालयहरु वीच स्टोरी राइटिंग विषयमा अन्तरविद्यालय प्रतिस्पर्धा कार्यक्रम समपन्न गरिएको छ । कार्यक्रममा प्रमुख अतिथिको रुपमा शिव शारदा सेकेण्ड्री विद्यालयको अभिभावक आषेश्वर चौधरीलाई आशन ग्रहण गराइएको थियो । अतिथिको रुपमा सबै सदस्य विद्यालयका प्रधानाध्यापक तथा संस्थापकहरुलाई आसन ग्रहण गराइएको थियो । कार्यक्रममा ११ जना छात्र तथा ११ जना छात्रा गरी जम्मा २२ जना विद्यार्थीहरु सहभागि भएका थिए । प्रमुख अतिथि,सदस्य विद्यालयहरु तथा निर्णायक मण्डलका सदस्यहरुलाई खाँदा,टीका तथा मायाको चिनोले सम्मान गरिएको थियो । सहभागि विद्यालयहरुलाई प्रशंसा पत्र तथा नवप्रवेशी विद्यालयहरुलाई सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो । सो कार्यक्रममा यशोदा प्रेम शिशु सदन महुवाको विद्यार्थी लिजा कुमारी शर्मा प्रथम,गैलेक्सी सेकेण्ड्री स्कुलको विद्यार्थी रोशनी महतो द्वितीय तथा चाइल्ड केयर ई.बो.स्कुलको विद्यार्थी आशिक राइन तृतिय भई कप तथा प्रमाण पत्र प्राप्त गरेका थिए भने अन्य सहभागि विद्यार्थीहरुलाई सान्त्वना पुरस्कार स्वरुप चोकोपन तथा प्रमाणपत्र समेत प्रदान गरिएका थिए । ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुल,आशुतोष शिशु आश्रम विद्यालय,गोदाबरी सेकेण्ड्री स्कुल,होलि मिशन रेजिडेन्सियल स्कुल,शिव शारदा सेकेण्ड्री स्कुल,शिखर सगरमाथा सेकेण्ड्री स्कुल,ग्रीनउड ई.बो.स्कुल तथा माँ बुढानिलकण्ठ मोन्टेशरी विद्यालयले सान्त्वना पुरस्कार पाएका थिए । कार्यक्रममा केन्द्रिय सल्लाहकार भोला मिश्रा,केन्द्रिय महासचिव सुबोध मिश्र,जिल्ला अध्यक्ष सुजित मिश्र लगायत अन्य सदस्य विद्यालयका प्रतिनिधि तथा संस्थापकहरुले शुभकामना मन्तब्य राखेका थिए । मधेस प्रदेश संयोजक मुरारी लाल कर्णले जाग जाग हे समाज शिर्षकको कविता तथा जिल्ला सदस्य रामचन्द्र पण्डितले विभिन्न ज्ञानबद्र्धक कथाहरु सुनाएर कार्यक्रममा चार चाँद थपेका थिए । कार्यक्रममा अन्तिम निर्णय निर्णायक मण्डलका सदस्य लव ठाकुर तथा संजिव सरले प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन तथा
मनै लोभ्याउने उद्घोषण जिल्ला सचिव अमन यादवले गरेका थिए । अन्त्यमा कार्यक्रम संयोजक साह तथा केन्द्रिय अध्यक्ष झाले सहभागि विद्यालय तथा विद्यार्थीहरु प्रति हार्दिक कृतज्ञता तथा आभार व्यक्त गरेका थिए ।