मानसिंग ईंगलिस बोर्डिङ स्कुलले लिए मधेस प्याब्सनको सदस्यता – Jaleshwortoday

मानसिंग ईंगलिस बोर्डिङ स्कुलले लिए मधेस प्याब्सनको सदस्यता

 June 21, 2024  
8

जलेश्वरटुडे समाचारदाता
महेन्द्रनगर, ६ आषाढ

बिहिबार मानसिंग ईंगलिस बोर्डिङ स्कुलले लिए मधेस प्याब्सनको सदस्यता लिएका छन् । सो विद्यालयको संस्थापक प्रधानाध्यापक प्रविण कुमार यादवलाई मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले क्षिरेश्वरनाथ नगरपालिकाको महेन्द्र नगरमा स्थापित ओम एकेडेमी ई.बो.स्कुलको कार्यालयमा टीका,माला तथा खाँदा लगाई मधेस प्याब्सनमा प्रवेश गराएका थिए । सो कार्यक्रममा केन्द्रिय सल्लाहकार भोला मिश्रा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,मधेस प्रदेश संयोजक मुरारी लाल कर्ण,जिल्ला अध्यक्ष सुजित मिश्र,जिल्ला सचिव अमन यादव,गोदाबरी से.स्कुलको प्रतिनिधि,माँ शक्ति ई.बो.स्कुलको प्रधानाध्यापक,ओम एकेडेमी ई.बो.स्कुलको संस्थापक प्रधानाध्यापक लोटन महतो लगायतका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यो विद्यालय हाल कक्षा ५ सम्म संचालनमा रहेको संस्थापक यादवले जानकारी गराउनुभयो ।

7