महोत्तरीमा ७ औं जिल्ला सभा २०८१ कार्यक्रम सम्पन्न – Jaleshwortoday

महोत्तरीमा ७ औं जिल्ला सभा २०८१ कार्यक्रम सम्पन्न

 July 10, 2024  
2

गणेश कुमार सिंह

महोत्तरी,२६ आषाढ

महोत्तरीमा ७ औं जिल्ला सभा २०८१ कार्यक्रम सम्पन्न भएको छ । जलेश्वर नगरपालिका-२ स्थित जिल्ला समन्वय समितिको सभाहलमा जिल्ला समन्वय समितिकोआयोजनामा सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिका सभापति सुमन लाल कर्णको अध्यक्षतामा ७ औं जिल्ला सभा २०८१ कार्यक्रम सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथी महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी शिबराम गेलाल बिशिस्ट अतिथी जि.स.स.का उपसभापति नन्दु महरा, स. जि .अ श्री उपेन्द्र न्युपाने , सशस्त्र प्रहरी उपरीक्षक बिनोद केसि, जिल्ला प्रहरी कार्यालय महोत्तरी का एसपी नकुल पोख्रेल,उप.अनु .नि. सुदिप अधिकारी मटिहानी नगरपालिका नगर प्रमुख हरि मंडल,पिपरा गाउँपालिका अध्यक्ष राम जानकी यादव, एकडारा गाउँपालिका अध्यक्ष दीप नारायणन मंडल,महोत्तरी गाउँपालिका अध्यक्ष दिलीप पाण्डेय, गौशाला नगरपालिका प्रमुख दीपेन्द्र महतो, बलवा नगरपालिका मेयर राम विजय महतो,औरही नगरपालिका नगर प्रमुख प्रदिप कुमार खड्का, राम गोपालपुर का मेयर राम दुलारा मंडल सहितका नगर प्रमुख , उप प्रमुख , गा.पा का अध्यक्ष उपाध्यक्ष ,विभिन्न कार्यालय का कर्मचारी , संचारकर्मी सहित को सहभागिता रहेको रहेको थियो ।