मधेस प्याब्सनद्वारा मुख्यमन्त्री सिंहलाई उच्च सम्मान तथा शैक्षणिक सुधारको लागि अनुरोध – Jaleshwortoday

मधेस प्याब्सनद्वारा मुख्यमन्त्री सिंहलाई उच्च सम्मान तथा शैक्षणिक सुधारको लागि अनुरोध

 August 7, 2024  
1111

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २३ श्रावण

मधेस प्याब्सनको केन्द्रिय कार्यसमिति जनकपुरधामले मधेस प्रदेशको माननीय मुख्यमन्त्री सतिश कुमार सिंहलाई उच्च सम्मान गरी शैक्षणिक सुधारको लागि अनुरोध गरेका छन् । मधेस प्याब्सनको केन्द्रिय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रिय सचिव प्रा.पवन कुमार साह,केन्द्रिय कोषाध्यक्ष ई.अविनाश प्रताप सिंह,केन्द्रिय सदस्य ममता पाठक,मधेस प्रदेशको संयोजक मुरारी लाल कर्ण तथा धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले सँयुक्त रुपमा मुख्यमन्त्री सिंहलाई गुलदस्ता,सौल तथा जानकी मन्दिरको तस्वीर अंकीत मायाको चिनोले उच्च सम्मान गरेका छन् ।
केन्द्रिय अध्यक्ष झाले मधेस प्रदेशको शैक्षणिक सुधार,परीक्षा प्रणालीमा सुधार तथा स्थानिय सरकार मार्फत शैक्षिक गुठी अन्तर्गत नयाँ विद्यालय संचालन तथा संरक्षण गर्नको लागि मुख्यमन्त्री सिंहलाई आग्रह गर्नुभयो ।
अहिलेको वर्तमान एस.ई.ई.परीक्षाको परीक्षाफल प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री सिंहले सबै सरोकारबालाहरुको राय सल्लाह लिई यसको सुधारको लागि मधेस प्रदेशको ८ वटै जिल्लाहरुका पालिका प्रमुख तथा शिक्षा शाखासँग समन्वय गरी प्रदेश शिक्षा नीति समेत ल्याई अघि बढने बताउनुभयो । मधेस प्रदेशको शिक्षा सुधारको जिम्मा नीजि विद्यालयका संगठनहरुको समेत रहेकोले अन्य प्याब्सन सहित मधेस प्याब्सनले समेत यसमा सहयोग तथा सल्लाह दिन मुख्यमन्त्री सिंहले आग्रह गर्नुभयो ।

11