दलित समाज उत्थान समिति नेपालको प्रगति सार्वजनिक – Jaleshwortoday

दलित समाज उत्थान समिति नेपालको प्रगति सार्वजनिक

 August 21, 2024  
1

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ५ भाद्र

दलित समाज उत्थान समिति नेपालको आयोजना तथा अन्तरराष्ट्रिय श्रम संगठनको सहयोगमा संचालित कार्यक्रममा भूमिहिन दलित तथा हर्वाहचर्वाह सम्बन्धमा भएको प्रगति सार्वजनिक गरिएको छ ।

यस संस्थाले विगतमा मधेस प्रदेशको सिरहा तथा सप्तरी जिल्लाहरुका करिव ३ सय भन्दा बढी भूमिहिन दलित तथा हर्वाहचर्वाहलाई विभिन्न किसिमका तालिमहरु दिएर उनीहरुलाई आत्मनिर्भर बनाएको फिल्ड संयोजक पुनित चौधरीले जानकारी गराउनु भयो । अटो,मोबाइल,बिजुली,शिक्षा लगायतका क्षेत्रमा भूमिहिन दलितलाई तालिम दिलाएर त्यही क्षेत्रमा काम गर्ने वातावरण समेत मिलाउने गरेको संयोजक चौधरीले थप्नुभयो ।

दुई चरणमा मधेस प्रदेशको सिरहा तथा सप्तरी जिल्लाहरुमा काम गरेको र तेस्रो चरणमा यस पटक धनुषा तथा महोत्तरी जिल्लाहरुका भूमिहिन दलित तथा हर्वाहचर्वाहको लागि काम गर्ने तथा १ सय जनालाई आत्मनिर्भर बनाउने किसिमको तालिम समेत संचालन गर्ने संयोजक चौधरीले बताउनुभयो ।

चौधरीले सरकारले हर्वाहचर्वाह राख्न नपाइने तथा बस्न समेत नपाइने कानुन बनाए पछि ती दलित भूमिहिन हर्वाहचर्वाहहरुलाई व्यवस्थित रोजगारीको सृजना नगरेको कारण मधेस प्रदेशका दलितहरुका जिवन झन कष्टकर बनेको प्रतिवेदन सार्वजनिक गर्नुभयो ।
चौधरीले बुधबार जनकपुरधामको सरञ्चीयाँ कुट्टीको सभा हलमा संचालन भएको कार्यक्रमको माध्यमबाट भूमिहिन दलित तथा हर्वाहचर्वाहलाई केहि समस्या भए यस संस्थासँग सम्पर्क राख्न सबैलाई अपिल समेत गर्नुभयो ।

दलितको उत्थानको लागि आफ्नो संस्थाको साथै दलित नेटवर्क लगायतका सरकारी तथा गैरसरकारी संस्थाहरु काम गरिरहेको बताए । साथै भूमिहिनहरुलाई सार्वजनिक वा गुठीको जग्गाबाट उठीबास गराउने पालिकाहरुसँग समेत समन्वय गरेर भूमिहिनको अधिकारको लागि काम गरिरहेको संयोजक चौधरीले बताए ।
कार्यक्रममा सहजकर्ताको रुपमा दिपेन्द्र कुमार मण्डलले सहजिकरण गरेका थिए ।