बृहत्त यौनिकता शिक्षा सम्बन्धी तालिम – Jaleshwortoday

बृहत्त यौनिकता शिक्षा सम्बन्धी तालिम

 August 23, 2024  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ७ भाद्र

धनुषाको शहीदनगर नगरपालिकामा “बृहत् यौनिकता शिक्षा” सम्बन्धी पाँच दिने तालिम संचालन भएको छ ।
प्लान इन्टरनेशनल नेपालको प्राविधिक र आर्थिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत संचालन भइरहेको तालिममा शहीदनगर, सबैला र कमला नगरपालिकाका शिक्षकहरु सहभागि छन् । गएको भदौ ४ गतेदेखि सुरु भएको तालिममा गुलाबबाबु साह र पुनमकुमारी यादवले सहजीकरण गरेका छन् ।
तलिममा यौन, यौनिकता र लैङ्गिकता जस्ता विषयवस्तुहरू बारे भ्रम मेट्ने प्रयास भएको सहभागि शिक्षकहरुले बताए ।
तालिममा यौन तथा प्रजनन स्वास्थ्य र अधिकार, एवं बृहत यौनिकता शिक्षा र त्यसका अवधारणाको विषयमा छलफल गरिएको सहजकर्ता गुलाबबाबु साहले बताए ।
जस अन्तर्गत किशोरावस्था र उनीहरूको आवश्यकता, बृहत् यौनिकता शिक्षा र यसको औचित्य, लैङ्गिकताको समझ, मानव शरीर र विकास, यौनिकता र यौनिक व्यवहार, यौन तथा प्रजनन स्वास्थ्य जस्ता विषयहरूमा छलफल गरि, स्वास्थ्य र निरोगीताका लागि शिक्षकहरुलाई जानकारी गराइएको छ ।

त्यस्तै बढ्दै गइरहेको हिंसा, सहमति, गोपनीयता र शारीरिक अखन्डता र सूचना एवं संचार प्रविधिहरूको सुरक्षित प्रयोगबारेमा छलफल गरि, हिंसा र यसबाट सुरक्षित रहने कुराहरूको विषयमा समेत जानकारी गराइएको छ ।
केही चुनौती र कठिनाइहरू देखिए पनि, तालिम सहज, मर्यादित र सफलतापूर्वक संचालन भएको आसमान नेपालका प्राविधिक संयोजक (नेतृत्व र निर्णय) रामकुमार महराले बताए ।
त्यस्तै तालिम व्यवहारिक, उपयोगी, प्रभावकारी र उत्कृष्ट भएको कुरा उक्त तालिमका सहभागीहरुले बताए ।