जनकनन्दनीमा जीवन उपयोगी तालिम – Jaleshwortoday

जनकनन्दनीमा जीवन उपयोगी तालिम

 August 23, 2024  
3

जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ भाद्र

धनुषाको जनकनन्दनी गाउँपालिकामा युवा महिलाहरुलाई ५ दिने जीवन उपयोगी सीप सम्बन्धि तालिम संचालन गरिएको छ । जनकनन्दनी गापा–४ स्थित स्वास्थ्य चौकीको सभा हलमा गएको भदौ ४ गतेदेखि तालिम संचालन भएको छ ।

युवा महिला तथा किशोरीहरुलाई दैनिक जीवनयापनको क्रममा भइरहेको समस्या पहिचान तथा समाधान सीप बिकासले हुनेछ । युवा महिला तथा किशोरीहरुलाई आत्मजागरुकता निर्णय लिन क्षमतामा बिकास, रचनात्मक सोच, तनाव व्यवस्थापन, द्वन्द्वव्यवस्थापन, रोजगारी यात्राको लागि तैयार, सम्मानित तथा मर्यादित पेशा सम्बन्धित जानकारी, अन्तर्वार्ता सीपमा बिकास, घरेलु हिंसा, कार्यस्थलमा हुने हिंसा, सेवा सुबिधा बारे अबगत गराउने उदेश्यले तालिमको आयोजना गरिएको आसमान नेपालका राजेन्द्र सदायले बताए ।

प्लान ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राबिधिक सहयोगमा आसमान नेपालले संचालन गरेको बालबिवाह न्यूनीकरण परियोजना अन्तर्गत संचालित उक्त तालिममा जनकनन्दनी गाउँपालिकाबाट १५ जना, विदेह नगरपालिकाबाट २ र कमला नगरपालिकाबाट ४ गरी २१ जना किशोरीको सहभागिता रहेको छ । जनकनन्दनी गाउँपालिकाका उपाध्यक्ष कमला सहगलको अध्यक्षतामा भएको उद्घाटन सत्रमा गाउँपालिका वडा नंः ४ को दिलिप कुमार यादव, रोजगार संयोजक रंजय कुमार मरिता, आसमान नेपालका प्राबिधिक संयोजक दिलिप कुमार साह र फिल्ड सुपरभाइजर राजेन्द्र सदाय, राम मनोहर महराको उपस्थिति रहेको थियो ।