श्री श्री १०८ श्री गणिनाथ महाराज,श्री गोविन्द भगवानको अवतरण दिवस मनाइदै – Jaleshwortoday

श्री श्री १०८ श्री गणिनाथ महाराज,श्री गोविन्द भगवानको अवतरण दिवस मनाइदै

 August 31, 2024  
6

सोनी साह
महोत्तरी,धनुषा, १५ भाद्र

श्री श्री १०८ श्री गणिनाथ महाराज,श्री गोविन्द भगवानको अवतरण दिवस विभिन्न कार्यक्रमहरु गरी महोत्तरीको जलेश्वर,धनुषाको जनकपुरधाम लगायत अन्य ठाउँहरुमा समेत हर्षाेल्लासका साथ मनाइदैछ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडा नं.—६, साहुजीटोलमा अवस्थित बाबा गणिनाथ गोविन्द मन्दिर सेवा समितिले कलश शोभा यात्रा निकालि नगर परिक्रमा गरेका छन् । सो यात्रामा हलुवाई समाजका अगुवाहरु,नगर प्रमुख सुरेश साह सोनार,स्थानिय नेता राम आधार कापर,अशोक कुमार साह लगायत अन्य दलका नेताहरु,बुद्धिजिवी,समाजसेवी,युवा,महिला,सुरक्षाकर्मी तथा पत्रकारको सहभागिता देखिएको थियो । सो यात्रामा सहभागिहरुलाई मिथिला पाग लगाई सम्मान समेत गरिएको थियो ।
यता जनकपुरधामको वडा नं.— २३ मा पर्ने बेलामा समेत बाबा गणिनाथ गोविन्द भगवानको प्रकट दिवसको अवसरमा विशेष पुजाआजा,बाबा गोविन्दको पुस्तक,क्यालेण्डर वितरण तथा महिला भक्तजनहरुद्वारा महराई समेत प्रस्तुत भईरहेको जानकारी श्री गोविन्द सेवा समितिले जानकारी गराएको छ । दुधमति नदिको तटमा अवस्थित पौराणिक गणिनाथ महाराजको मन्दिरमा अहिले प्राप्त जानकारी अनुसार मुख्य बाटोदेखि मन्दिरसम्म भक्तजनहरुको विशाल भिड देखिएको छ । मधेसको राजधानी जनकपुरधाममा भाद्र १४ गते अष्टजाम,बिडीखसाई,१५ गते शनिवार विहानै कलश यात्रा,विशेष पुजा,प्रसाद वितरण तथा साँस्कृतिक कार्यक्रमको समेत आयोजना रहेको वडाध्यक्ष रविन्द्र साहले जानकारी गराउनुभयो ।
यस अवसरमा मधेस प्रदेशका विशिष्ट व्यक्त्विहरुको समेत उपस्थिति रहने वडाध्यक्ष साहले थप्नुभयो ।

1

5