जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ असोज
मधेस प्याब्सनद्वारा शनिवार विजया दशमी,दीपावली तथा छठ्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रुपमा समपन्न भएको छ ।
जनकपुरधामको होलि मिशन ई.बो.स्कुलमा सो विद्यालयको संस्थापक तथा प्रधानाध्यापक र मधेस प्याब्सनको केन्द्रीय सल्लाहकार भोला मिश्राको अध्यक्षतामा संचालन भएको कार्यक्रममा मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा,केन्द्रीय सचिव प्रा.पवन कुमार साह,मधेस प्रदेश संयोजक मुरारी लाल कर्ण,धनुषा जिल्ला अध्यक्ष सुजित मिश्र,ध.जि.सचिव अमन यादव,सदस्य रामचन्द्र पण्डीत,जनकपुरधाम नगर अध्यक्ष प्रभाष मिश्र, महोत्तरी जिल्ला सचिव जितेन्द्र कुमार बैठा,म.जि.कोषाध्यक्ष रवी साह,म.जि.सहकोषाध्यक्ष बृजमोहन साह,शिक्षक पुनित मण्डल तथा भरत महतोको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित सदस्य विद्यालयहरुले एकअर्कालाई शुभकामना आदानप्रदान गर्नुका साथै संगठन विस्तार तथा सबलीकरणका बारेमा महत्वपूर्ण विचारहरु राखेका थिए ।
मधेस प्याब्सन महोत्तरी जिल्ला सचिव जितेन्द्र कुमार बैठाले महोत्तरीको रामगोपालपुरमा नीजि शैक्षिक गुठी अन्तर्गत विद्यालय संचालन गरे पनि विद्यालयको अनुमति पत्रको आधारमा बैकमा खाता संचालन गर्न नपाएको बताउनुभयो । यो समस्या महोत्तरीको जलेश्वर तथा रामगोपालपुर नगरपालिकामा रहेको जानकारी गराउनु भयो । यसको निकासको लागि मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झा लगायत अन्य सरोकारबालाहरुसँग अपिल गर्नुभयो ।
त्यसैगरी मधेस प्याब्सनको केन्द्रीय सचिव प्रा.पवन कुमार साहले नेपालको सबै पालिकाहरुमा सहजै शैक्षिक गुठी अन्तर्गत विद्यालय संचालन गर्ने व्यवस्था रहे पनि धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा शैक्षिक गुठी अन्तर्गत दर्ता शुचारु नगरेको कारण यहाँको शैक्षिक संस्थाको व्यवस्थापनमा कमी रहेको आरोप लगाउनु भयो । बैंक खाता सम्बन्धमा समेत आफूले पहल गर्ने सदस्य विद्यालयहरुलाई आश्वासन दिनु भयो ।
त्यसैगरी मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष प्रा.अमरेन्द्र कुमार झाले महोत्तरी जिल्लाका सदस्य विद्यालयहरुलाई विभिन्न अतिरिक्त क्रियाकलापहरु संचालन गरेर विद्यार्थीहरुको पठनपाठनको गुणस्तरमा ध्यान दिई संगठनलाई क्रियाशिल राख्न आवश्यक रहेको सल्लाह दिनुभयो । वहाँले राज्यको नीति जस्तो भए पनि आफ्ना सदस्य विद्यालयहरुको समस्या सामाधानको लागि तथा शैक्षिक गुठी कार्यान्वयन गर्न गराउनको लागि आफू सधै तत्पर रहने विश्वस्त पार्नुभयो ।
अन्त्यमा केन्द्रीय सल्लाहकार भोला मिश्रले सबैलाई विजया दशमी,दीपावली तथा छठको हार्दिक मंगलमय शुभकामना दिदै नयाँ सोच र विचारको साथ अघि बढन सल्लाह दिनुभयो । मातहतका विद्यालयहरुको समस्या समाधानको लागि सम्बन्धीत निकायलाई जानकारी गराई हातेमालो गरेर अगाडी बढन सल्लाह दिनुभयो । कार्यक्रममा उपस्थित सबै सदस्य विद्यालयहरुलाई टीका तथा खाँदाले सम्मान गरिएको थियो भने रात्रि भोजन जनकपुरधामको कालिका होटलमा व्यवस्थापन गरिएको मधेस प्याब्सन केन्द्रीय कार्यसमितिले जानकारी गराए ।

