" >
६९ औं प्रहरी दिवसको अवसरमा रेडियो अप्पन मिथिलालाई सम्मान - Jaleshwortoday

६९ औं प्रहरी दिवसको अवसरमा रेडियो अप्पन मिथिलालाई सम्मान

 ३० आश्विन २०८१, बुधबार २२:४९  
1

जलेश्वरटुडे समाचारदाता
जलेश्वर, ३० असोज

६९ औँ प्रहरी दिवसका अवसरमा महोत्तरी जिल्ला प्रहरी कार्यालय जलेश्वरले रेडियो अप्पन मिथिलालाई प्रशंसा पत्र प्रदान गरी सम्मान गरेको छ ।

महोत्तरी जिल्लामा घटित अपराध लगायत अन्य प्रहरी कार्यहरुको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय महोत्तरीद्वारा जारी भएका विभिन्न सन्देश मुलक सामाग्रीहरु तथा जिङ्गल निर्माण र प्रशारण गरी समाजमा जनचेतना फैलाउने कार्यमा सयोग गर्नु भएकोमा रेडियो अप्पन मिथिला जलेश्वर महोत्तरीका प्रतिनिधि तथा स्टेशन
मैनेजर मो. इर्साद शेखलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा महोत्तरी प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल,कार्यालय प्रमुख प्रहरी उपरीक्षक नकुल पोखरेल लगायत जिल्लाका बुद्धिजिवि,महिला,राजनीतिकर्मी,व्यवसायी,पत्रकार तथा जिल्ला प्रहरी कार्यालयका सदस्यहरको उपस्थिति रहेको थियो ।

2