" >
शिक्षा सुधारको माग राखेर काठमाडौंमा पनि उभिँदै नेत्र - Jaleshwortoday

शिक्षा सुधारको माग राखेर काठमाडौंमा पनि उभिँदै नेत्र

 ११ पुष २०८१, बिहीबार २३:२३  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ११ पौंष

सार्वजनिक शिक्षा सुधारको माग राखेर सातै प्रदेशमा उभिएका नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईँ काठमाडौंमा पनि उभिने भएका छन् ।

आइतबारसम्म माग पूरा नभए विरोधस्वरुप १५ बुँदे माग राखेर काठमाडौंको माइतीघरमा उभिने उनले बताए ।

‘अहिलेसम्म माग सम्बोधन भएको छैन । आइतबारसम्म भएन भने काठमाडौंमा पनि शान्तिपूर्णरुपमा उभिन्छु,’ उनले भने ।

सात वटै प्रदेशको सदरमुकाममा उनी बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उभिएका थिए । उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनको आधारमा विद्यालय शिक्षा ऐन बनाउनुपर्ने माग उनको छ ।

ईसीडीलाई विद्यालय शिक्षामा मान्यता दिनपर्ने, छात्रवृत्तिको रकम बढाउनु पर्ने लगायतका १५ बुँदे माग उनले राखेका छन् ।