आरजे इर्शाद शेख
महोत्तरी, २० आषाढ
महाेत्तरीकाे जलेश्वर नगरपालिका १६ औं नगरसभा मा ७७ करोड ७० लाख ७० हजार नौ सय चौतिस रुपैया बराबरको बजेट प्रस्तुत गरेका छन् । शुक्रबार महोत्तरी जिल्ला समन्वय समितिको सभा हलमा पहिलो पट्क भव्य कार्यक्रमकाे आयोजना गरि १६ औं नगरसभाबाट पालिकाले ७७ करोड ७० लाख ७० हजार नौ सय चौतिस बराबर बजेट सार्वजनिक गरेको छन् । नगरपालिकाका नगरप्रमुखले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी सिर्जना, जल व्यवस्थापन र वातावरणीय संरक्षणमा प्राथमिकता दिइएको बताए। नगरपालिकाले बजेट विनियोजन गर्दा समावेशी विकास र दिगो प्रगतिलाई ध्यानमा राखिएको उल्लेख गरिएको छ।
नगरसभामा सहभागी सबै पक्षले पारदर्शिता, जवाफदेहिता र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नगर कार्यपालिकालाई सुझाव दिएका थिए।
नगरपालिकाले सार्वजनिक गरेको यो बजेट आगामी दिनमा स्थानीय विकास योजनाहरू कार्यान्वयन गर्न मार्गदर्शन गर्ने विश्वास लिइएको छ।
१६ औं नगरसभाको प्रमुख अतिथि पूर्व कृषि मन्त्री हरिनारायण यादव थिए। उनले आफ्नो सम्बोधनमा स्थानीय तहको सशक्तीकरण, बजेटको परिणाममुखी कार्यान्वयन र नागरिक सहभागिता अभिवृद्धिको आवश्यकता औंल्याए। विशिष्ट अतिथिको रूपमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, उप प्रमुख रौशन खातुन, नेपाल प्रहरीका डीएसपी, सशस्त्र प्रहरीका एसपी, परकौली व्यारेकका मेजर, विभिन्न राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्षहरू तथा सञ्चारकर्मीहरूको उपस्थिति उल्लेखनीय थियो।
नगरसभामा उद्घोषकको भूमिकामा अजय शर्मा रहेका थिए।

