प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा - Jaleshwortoday

Who invented crypto pokies

  1. 500 Rummy Online Uk: Table games have been a constant staple in casinos since time immemorial.
  2. Slots Gaming Australia - Yes, you can sign up at PartyPoker Casino.
  3. Deposit 2 Casino: Euphoria Wins supports various financial means that you can choose the most suitable for you.

Poker hands probability explained

Slot Million 7 By Red Rake Gaming Demo Free Play
The province launched that program in response to peoples unhappiness with other proposals for casinos.
Red Casino No Deposit Free Spins Bonus Codes
The game slot has 5 reels with 3 symbols on each of them.
Observe the action of the online table first before risking your own money.

Crypto Casino 2024 without deposit

Largest Native United Kingdom Casino In United Kingdom
In third place it is proud of it Live Casino.
Casino Affiliate Programs Uk
The casino continues to stay up to date with the latest gaming machines and software.
10 Cashback Bonus Online Casino

प्रदेश २ मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

 १३ आश्विन २०७८, बुधबार १९:४०  
CM

जलेश्वरटुुडे समाचारदाता
धनुषा, १३ असोज

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा छापा हानेको छ ।
प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि सार्वजनिक खरिद ऐनविपरीत साइकल खरिद गरेको बिरुद्ध उजूरी परेपछि अख्तियारले छापा हानेको हो । गत चैतमा वीरगन्जको ओम सत्यसाई प्रालि मार्फत खरिद गरिएको १७ हजार २६२ साइकलमा बिना उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्डको खरिद प्रक्रियामा अनियमितता भएको भन्दै अख्तियारले बुधवार विहान ११ बजे छापामारी गरेको कन्द्रिय प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिए । प्रदेश २ सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमका लागि खरिद गरेको साईकल सम्बन्धी आवश्यक कागजपत्रहरु सहित भुक्तानी गरिएको विवरणहरु नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको हो । प्रदेशका आठवटै जिल्लाका कक्षा आठमा अध्ययन गर्ने छात्रालाई वितरण गर्न मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी ४१ हजार २ सय ६२ थान साइकल खरिदमा झण्डै रु २९ करोड खर्च बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजूरी परेको प्रवक्ता रिसालले बताए । प्रतिसाइकल भ्याट सहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगन्जको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको हो । काठमाडौंका साइनो इन्टरनेसनल र म्याप हेलेक्सीसमेतले आवेदन दिएकोमा कम रकम कबोल गरेको आधारमा ओम सत्यसाई र मुख्यमन्त्री कार्यालयको मिलोमत्तोमा ठेक्का पाएको थियो ।
मुख्यमन्त्री कार्यालयले ११ करोडको साइकल कुन कम्पनीबाट खरिद गरेको हो, कहाँबाट ल्याएको हो, केही उल्लेख छैन । ठेकेदारले मुख्यमन्त्री कार्यालयसँग सेटिङ मिलाएर ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानकै लागि मात्र कुनै साइकल कम्पनीलाई कम गुणस्तरको निर्माण गर्न लगाए बिरुद्ध उजूरी परेको हो । साइकल खरिदमा भएको अनियमिततामा प्रदेश सभाले समेत चासो दिएको छ । प्रदेश मामिला संसदीय समितिले साइकल खरिद र वितरण के–कसरी भएको हो सम्पूर्ण कागजात उपलब्ध गराउन निर्देशन दिए पनि मुख्यमन्त्री कार्यालयले अटेर गरेको छ । यता प्रदेशसभामा साइकल खरिद र वितरणमा अनियमितता बारे संसद र समितिमा आवाज उठेपनि मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सूचना दिन आलटाल गरिरहेको थियो ।
यसअघि सामाजिक विकास मन्त्रालयमा पनि अख्तियारले छापामारी गरेको थियो ।