जलेश्वरमा बहुला कुकुरको आतंक, एक दर्जनभन्दा बढी घाइते – Jaleshwortoday

जलेश्वरमा बहुला कुकुरको आतंक, एक दर्जनभन्दा बढी घाइते

 August 27, 2025  
2

आरजे इर्शाद शेख
महोत्तरी, ११ भाद्र

महोत्तरीको सदरमुकाम जलेश्वर बजार र वरिपरि क्षेत्र हालसालै कालो रंगको बहुला कुकुरको आतंकले त्रसित बनेको छ। उक्त कुकुरले हालसम्म करिब एक दर्जन मानिसलाई टोकेर घाइते बनाएको स्थानीयहरूले बताएका छन्।

घाइतेहरूलाई प्रादेशिक अस्पताल जलेश्वरमा उपचारका लागि पठाइएको छ। निरन्तर घुमिरहेकाले अझ थप घटना हुन सक्ने चिन्ता सर्वसाधारणमा बढेको छ।

घटनापछि जलेश्वर नगर प्रहरी र जिल्ला प्रहरी कार्यालय महोत्तरीको संयुक्त टोली कुकुरलाई नियन्त्रणमा लिन खोजीकार्यमा जुटिरहेको जनाएको छ।

प्रहरीले स्थानीयलाई सतर्क रहन र बच्चा, बालबालिका तथा वृद्धवृद्धालाई बाहिर खेल्न वा एक्लै हिँड्न नदिन आग्रह गरेको छ।