जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ भाद्र
विषम परिस्थितिका कारण बन्द गरिएको हवाई उडानहरु संचालनमा आएका छन् । आज बसेको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा समिति बैठकको निर्णयानुसार पुनःदिउँसो ३ः३० बजेदेखि सबै उडानहरु संचालन गर्ने निर्णय गरेको छ । यो निर्णय पछि काठमाडौं लगायत नेपालका विभिन्न ठाउँहरुमा फसेका यात्रुहरु आफ्ना गन्तब्य तर्फ जान आतुर भएका छन् । साथै उडान कम्पनीहरुसँग सम्पर्क गरी आफ्नो अधिकारिक टिकट तथा परिचय खुल्ने आइडी समेत लिएर जान प्राधिकरणले अनुरोध गरेको छ ।

