जेन—जी आन्दोलन जुन उद्देश्यले अगाडी बढेको थियो ,त्यसै अनुरुप अहिले जेन—जी पुस्ताले जीत हासिल गरेको हुनाले सबैलाई बधाई छ । आधुनिक तथा समुन्नत नेपालको सपना देख्ने जेनजी पुस्ता वास्तवमा सम्मानका लायक छन् ।
उनीहरुकै साहस र बलिदानका कारण आज नेपाल आमाले सुन्दर तथा सुशासनसहितको नयाँ नेपाल निर्माण गर्ने परिवेशको सृजना भएको छ । आन्दोलनका क्रममा सहादत प्राप्त विद्यार्थीहरुलाई शहिद घोषणाका साथै उनका परिवारलाई आवश्यक सहयोग समेतको व्यवस्थापन गर्न गराउन आवश्यक देखिन्छ । यति मात्र होइन आन्दोलनका क्रममा घाईते भएका विद्यार्थीहरुको उपचार खर्च तथा उनका आश्रित परिवारको बारेमा समेत मुल्याँकन गरी उचित दीर्घकालिन व्यवस्थापनको बारेमा समेत ठोस घोषणा अव बन्ने अन्तरिम सरकारबाट गराउनु पर्ने प्राथमिक काम रहेको देखिन्छ ।
आन्दोलनका क्रममा देशभरी नै सरकारी तथा नीजि भौतिक संरचनाहरु ध्वस्त भएका छन् । देशलाई पुर्ननिर्माण गर्न गराउने जिम्मेबारी पनि अव जेनजी पुस्ताले नै अग्रणी भूमिका निर्वाह गर्नु पर्दछ । जेनजी पुस्ताले नयाँ नेपालको नेतृत्वकर्ता राम्रोलाई छान्नुपर्दछ । नेतृत्वकर्ता हाम्रो मर्म बुझ्ने राम्रो हुनुपर्दछ । यसरी देश भरीका बन्द रहेका यातायात,बैक,शिक्षण संस्थानहरुदेखि सरकारी संस्थाहरु समेत खोल्न लगाई विस्तारै देशलाई चलायमान बनाउन जरुरी रहेको देखिन्छ ।
