" >
पेट्रोल र डिजेलको मूल्यमा फेरी बृद्धि - Jaleshwortoday

पेट्रोल र डिजेलको मूल्यमा फेरी बृद्धि

 ३० कार्तिक २०८२, शनिबार २१:०२  
1

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २९ कार्तिक

 पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमका अनुसार, पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँका दरले मूल्य बढाइएको हो । बढेको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

भारतीय आयल निगमबाट पेट्रोलमा २ रुपैयाँ ४५ पैसा र डिजेलमा ६ रुपैयाँ ५३ पैसा बढेर मूल्यसूची आएको निगमले जनाएको छ ।

तर, उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगमले पेट्रोलमा २ र डिजेलमा ३ रुपैयाँमा मात्रै वृद्धि गरेको विज्ञप्तिमा जनाइएको छ ।