जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ पुस
मटिहानी नगरपालिका द्वारा आयोजित एकीकृत घुम्ती सेवा शिविर-२०८२ को आज छैठौ दिन मटिहानी नगरपालिका वडा नं-६ को कार्यालय मटिहानीमा सेवा प्रारम्भ भएको छ ।
आज उक्त एकीकृत घुम्ती सेवा शिविरको महोत्तरी जिल्लाको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,नेपाली सेना, परिकौली ब्यारकका प्रमुख राम प्रसाद लामिछाने, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख हेरम्भ शर्मा र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय महोत्तरीका प्रमुख चन्दन कुमार झाले स्थलगत निरीक्षण एवं अनुगमन गर्नुभयो ।
उहाँहरुलाई मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले उक्त शिबिरको वड़ा नं १-५ सम्मको शाखागत सेवाग्राहीको संख्या लगायतको विबरण बताउनुभयो ।

