मधेस प्याब्सनले भव्य रुपमा मनाए १०औं वार्षिकोत्सव – Jaleshwortoday

मधेस प्याब्सनले भव्य रुपमा मनाए १०औं वार्षिकोत्सव

 December 30, 2025  
11

प्रथम पटक गुठी शिक्षालाई जनकपुरधाममा अगाडी बढाउँनमा मधेस प्याब्सनको अग्रणी भूमिका निर्वाह—केन्द्रीय अध्यक्ष झा

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १४ पुस

May be an image of text that says 'าาายราร मधेस निजी तथा आवासीय वि्यालय एशोसिएसन नेपाल 純本会入進 어해라크 Madhesh Private & Boarding Schools' Association Nepal जनकपुरधाम, धनुषा, मधेस प्रदेश, नेपाल वा्षिकोत्सव कार्यक्रम શ०८શ साल पौष 98 गते सोमवार ini 90 औ वाबिकोत्सव मेडिया पार्टनर जलेश्रदडे रा. देनिक अनलाइन Preas Shiv Digita ผิมนิส M10050900) आयोजक मधेस प्याब्सन परिवार'

मधेस प्याब्सनले आज एक कार्यक्रम वीच १० औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
जनकपुरधामको मुरली चौक(प्रादेशिक निर्वाचन कार्यालयको सामुने) मा अवस्थित ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलको नयाँ भवनमा विभिन्न कार्यक्रमहरु गरी १०औं वार्षिकोत्सव मधेस प्याब्सनको केन्द्रीय अध्यक्ष तथा गैलेक्सी हायर से.स्कुलको संस्थापक प्रिन्सिपल प्रा.अमरेन्द्र कुमार झाको अध्यक्षतामा समपन्न भएको थियो ।

13
कार्यक्रममा मधेस प्याब्सनको केन्द्रीय महासचिव सुबोध मिश्र,सचिव पवन कुमार साह,कोषाध्यक्ष रामचन्द्र पण्डीत,प्रदेश संयोजक मुरारी लाल कर्ण,जिल्ला अध्यक्ष सुजित मिश्र,नगर अध्यक्ष प्रभाष मिश्र लगायत दर्जनौं सदस्यहरुका उपस्थिति रहेको थियो ।

16

कार्यक्रममा वक्ताहरुले शुभकामना दिनुका साथै मधेस प्याब्सनको शिक्षाको विकासमा रहेको अहम भूमिको उच्च प्रशंसा गरेका थिए । मन्तब्यको क्रममा नगर अध्यक्ष मिश्रले उपस्थित सबै जनालाई शुभकामना दिनुका साथै संस्थाको प्रगतिको कामना गर्नु भयो ।

14

त्यसैगरी जिल्ला अध्यक्ष सुजित मिश्रले १० औं वार्षिकोत्सवको मंगलमय शुभकामना दिनुका साथै शैक्षणिक प्रगतिका लागि विशेष पहल गर्न सुझाव दिनुभयो । मधेस प्रदेश संयोजक मुरारी लाल कर्णले वार्षिकोत्सवको शुभकामना दिदै शिक्षाको क्षेत्रमा मधेस प्याब्सनको अलग पहिचान हुनुपर्ने बताउनुभयो । यसैगरी केन्द्रीय कोषाध्यक्ष रामचन्द्र पण्डीतले मधेस प्याब्सनको १०औं जन्म दिनको शुभकामना दिदै सबै सदस्य विद्यालयहरुको प्रगतिको कामना गर्नुभयो ।

15

केन्द्रीय सचिव साहले १०औं वार्षिकोत्सवको शुभकामना दिदै मधेस प्याब्सनको ऐतिहासिक संस्थापक सदस्यहरुको उच्च प्रशंसा गर्नुभयो । साथै मधेस प्याब्सनको संस्थागत विकास तथा भावी योजनाहरुका बारेमा आफ्ना विचारहरु राख्नुभयो ।

12

केन्द्रीय अध्यक्ष झाले सबैलाई बधाई दिदै मधेस प्याब्सन तुल्नात्मक रुपमा उर्जावान विशाल संगठन हो जसले जनकपुरधाममा आफ्नासदस्य विद्यालयहरुलाई सहयोग गर्दै प्रथम पटक गुठीशिक्षालाई अगाडी बढाउनमा अग्रणी भूमिका निर्वाह गरेको छ ।

May be an image of one or more people and text that says 'AN AmiiatedIo Governmentof GANGA Nepal INTERNATIONAL Janakp dham-4, Modhesh Province PUBLIC SCHOOL Class PG to Above Contaat 9844027971 G Hostel Facility AdministrationAccount) (Nurs Nursery erg CULRANN'