अन्तर्राष्ट्रिय नव वर्ष २०२६ ले नेपालमा समुन्नति लाओस् भन्ने हामी सबै नेपालीको चाहना रहेको छ । नेपालमा अहिले प्रतिनिधि सभाको चुनावले नयाँ चुनावी तरंग ल्याएको छ । प्रतिनिधि सभाको फागुन २१ गतेको चुनावको परिणामले नै नयाँ प्रधानमन्त्री बन्ने साइतको निक्र्याेल हुने छ । नव वर्ष २०२६ ले नेपालको लागि चयन हुने प्रधानमन्त्री लगायत अन्य संघीय मन्त्रीमण्डलले नेपालको चौतर्फी विकासको लागि तत्पर रहुन भन्ने सबै सच्चा नेपालीको आकाँक्षा रहेको छ ।
प्रतिनिधि सभा चुनाव २ सय ७५ सिटको लागि हुने छ । जसमा प्रत्यक्षबाट १ सय ६५ तथा समानुपातिक तर्फको निर्वाचनबाट १ सय १० जना संघीय मन्त्री निर्वाचित हुने छ । साथै १ सय ३८ वटा सिट ल्याउने पार्टीले नै नयाँ प्रधानमन्त्री बनाउन पाउने छ । अव यो बाजि कसले मार्ला भन्ने जिज्ञासा अहिले आम नेपालीको रहेको देखिन्छ । मधेसमा समेत अहिले मधेसबादी पार्टीहरु आफ्ना गणितिय समिकरण मिलाउन लागेका छन् भने काठमाडौंमुखि पार्टीहरु यस खेलमा खप्पिस देखिन्छन् । अहिले विभिन्न पार्टीबाट निर्वाचन आयोगमा पेश भएको समानुपातिक सूचि समाजिक सँजाल मार्फत छ्यापछ्याप्पी भएको छ । मानवीय स्वार्थका कारण ठूला पार्टीहरुले समेत परिवारिक व्यक्तिहरुलाई समानुपातिक सुचिमा अटाउन भ्याएका छन् । अहिले पनि कमजोर तथा उपेक्षित समुदाय देश निर्माणको प्रक्रियामा समावेश हुनबाट बञ्चित हुने खेल चल्दै छ । अव हेर्न बाँकी छ प्रत्यक्ष उम्मेदबारहरुलाई । टिकट बाँडफाँडमा समेत ठूलो चलखेल हुने छ । यो पुरानो तथा परिवारिक खर्चालु व्यवस्थालाई २०२६ मा परिवर्तन नगरी कुशल देश निर्माण गर्न सकिदैन । अन्त्यमा नव वर्ष सन २०२६ को सबैमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
