नेसपा धनुषा जिल्लाको पालिका स्तरिय संयोजकहरु चयन – Jaleshwortoday

नेसपा धनुषा जिल्लाको पालिका स्तरिय संयोजकहरु चयन

 January 8, 2022  
Nesapa

जलेश्वरटुडे समाचारदाता
धनुषा, २४ पौष

नेपाल सद्भावना पार्टी (नेसपा) धनुषा जिल्लाको पालिका स्तरिय संयोजकहरु विस्तारित बैठकबाट चयन गरिएका छन्् ।
नेसपा धनुषा जिल्ला अध्यक्ष मुरारी लाल कर्णको अध्यक्षतामा बसेको बैठक तथा पार्टी प्रवेश कार्यक्रममा धनुषा जिल्लाका १८ वटा स्थानिय तहहरुका संयोजक चयन गरिएका छन् । मिथिला न.पा.को संजय कुमार महतो,बटेश्वर गा.पा.को नागेन्द्र कुमार महतो,क्षीरेश्वर नाथ न.पा.को शुुशिल कुशबाहा,जनकपुुरधाम उ.म.न.पा.को राज कुुमार चौधरी,नगराईन न.पा.को विरेन्द्र कुमार महतो,सबैला न.पा.को सरिता राउत,कमलामाई न.पा.को मोहन महतो,गणेशमान चारनााथ न.पा.को नागेन्द्र्र्र कुमार महतो,मिथिला बिहारी न.पा.को गंगा यादव,धनुुुषाधाम न.पा.को उपाध्यक्ष डा.मिश्रि मण्डल लगायतका नेताहरुलाई संंयोजक समेत चयन गरियो । त्यसैगरी महिला मञ्चको अध्यक्षमा राखि महतो तथा मजदुर मञ्चको अध्यक्षमा विरेन्द्र महतोलाई सर्वसम्मतिले चयन गरियो । दर्जनौं नेता तथा नेतृहरुले आ—आफ््ना शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा के.अध्यक्ष रामकुमार महतोले नयाँ जिम्मेबारी पाएका पदाधिकारीहरुलाई बधाई तथा सफल कार्यकालको कामना समेत गर्नुभयो । त्यसैगरी पार्टीको के.महासचिव नागेन्द्र्र सिंह,के.प्र्रवक्ता पवन कुमार साह,धनुुषा जिल्ला ईन्चार्ज बुधन साह लगायत दर्जनौं नेता तथा नेतृहरुको उपस्थिति रहेको थियो ।