महोत्तरीमा पिछडावर्ग(ओबिसी) महासभाको भवन तथा संग्रहालय निर्माणको लागि शिलान्याश समपन्न – Jaleshwortoday

महोत्तरीमा पिछडावर्ग(ओबिसी) महासभाको भवन तथा संग्रहालय निर्माणको लागि शिलान्याश समपन्न

 April 5, 2022  
OBC

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २१ चैत्र

महोत्तरीको गौशाला नगरपालिका वडा नं.८ अन्तर्गत खाल्टो बजारमा पिछडावर्ग(ओबिसी) महासभा महोत्तरी जिल्ला अध्यक्ष हरि लाल महतोको अध्यक्षतामा पिछडावर्ग(ओबिसी)महासभाको भवन तथा संग्रहालय निर्माणको लागि आज शिलान्यास गरिएको छ ।
शिलान्यास कार्यक्रम गौशाला नगरपालिको नगर प्रमुख शिवनाथ महतो तथा पिछडावर्ग(ओबिसी)महासभाको अध्यक्ष राम कुमार महतोको संयुक्त उपस्थितिमा धार्मिक विधिका अनुसार शिलान्यास समपन्न भएको छ । सो कार्यक्रममा गौशाला नगरपालिका वडा नं.—८ अध्यक्ष भोजबहादुर लामा ,पि.महासभाको सहमहासचिव नागेन्द्र महतो,पि.महासभाको के.सदस्य रामबिलाश कुशवाहा ,पि.म.पूूर्व जिल्ला अध्यक्ष राधेश्याम महतो र पि.म.नगर अध्यक्ष बिक्रम साह लगायत स्थानिय सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । गौशाला नगरपालिकाको योे सहयोगको गुनगान गर्दै पि.म.के.अध्यक्ष महतोले नगर प्रमुख तथा पालिका परिवार प्र्रति आभार व्यक्त गर्नुभयो ।