घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ फाइदा – Jaleshwortoday

घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, निगमलाई अब पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ फाइदा

 December 2, 2022  
Petrol

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १६ मंसिर

भारतबाट फेरि पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयाल निगमलाई मूल्य घटाएर मूल्य सूची पठाएको हो । नयाँ मूल्य सूचीअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेर आएको हो । नेपाल आयाल निगमका प्रवक्ता विनितमणी उपाध्ययाले मूल्य पेट्रोलिय पदार्थमा मूल्य घटेर आएको बताए । उनका अनुसार पेट्रोल प्रतिलिटर २.३८ रुपैयाँ, डिजेल ११.२६ रुपैयाँ, हवाई इन्धनमा प्रतिलिटर ६ रुपैया र मटिट्तेलमा प्रतिलिटर ८० पैसा घटेर आएको छ । अबको १५ दिनमा निगमलाई नाफा ५३ करोड नाफा हुने छ । भारतबाट इन्धन ल्याएको पुरानो पैसा र सरकारसँग लिएको ऋणको कारण अहिले तत्कालै पेट्रोलिय पदार्थको मूल्य घट्न सक्ने अवस्था नरहेको उपाध्ययाले बताए । अब निगमलाई पेट्रोल बिक्रीबाट प्रतिलिटर १३ रुपैयाँ, डिजेलमा ५३ पैसा नाफा रहको छ ।