राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा पोखरेललाई नियुक्ति – Jaleshwortoday

राष्ट्रपतिद्वारा महान्यायाधिवक्तामा पोखरेललाई नियुक्ति

 December 28, 2022  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १३ पौंष

नेपाल सरकारको कानुनी सल्लाहकारको रुपमा लिइने पद महान्यायाधिवक्तामा अधिवक्ता डा दिनमणी पोखरेल नियुक्त भएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन् । प्युठानको झिमरुक गाउँपालिका वडा नम्बर ४ का पोखरेललाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपतिले पोखरेललाई नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । उनलाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपतिले नियुक्त गरेकी हुन् ।