मधेश प्रदेशमा पुस २८ भित्र सरकार गठन गर्न आह्वान – Jaleshwortoday

मधेश प्रदेशमा पुस २८ भित्र सरकार गठन गर्न आह्वान

 January 6, 2023  
mm

जलेश्वरटुडे समाचारदाता
धनुषा, २२ पौंष

मधेश प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्रले सरकार गठनका लागि आह्वान गरेका छन् । शुक्रवार प्रदेश प्रमुख मिश्रले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि पुस २८ गते विहिवार ४ बजे भित्र दाबी पेस गर्न आह्वान गरेका हुन्