डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग – Jaleshwortoday

डाक्टर कुट्ने प्रहरीलाई कारबाही गर्न जनकपुर चिकित्सक संघको माग

 February 11, 2023  
ff

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ माघ

चिकित्सकमाथि कुटपिट घटनाको नेपाल चिकित्सक संघ जनकपुर शाखा भर्त्सना गरेको छ ।
चिकित्सक संघ जनकपुर शाखा अध्यक्ष डा. रामजी यादव र सचिव डा. रामज्ञान यादवले एक विज्ञप्ति जारी गर्दै दोषी उपर कारबाहीको माग गरेका हुन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत बरिस्ठ अर्थोपेडिक सर्जन डा। जनियलाल सिंह माथि प्रहरीले कुटपिट गर्दै धरपकड गरेको थियो । सो घटनाको छानबिन गरि तत्कालै दोषी सुरक्षाकर्मी माथि कानुनी कारबाही गर्न र पिडित चिकित्सकको उचित उपचार तथा क्षतिपूर्तिको व्यवस्था चिकित्सक संघ जनकपुरले माग गरेको हो । ‘स्वास्थ्य सेवा जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सकले शल्यक्रिया सम्पन्न गरी घर निस्किने क्रममा आफ्नो परिचय पत्र देखाउँदा देखाउँदै पनि अस्पताल परिसर भित्र प्रहरीद्वारा सांघातिक आक्रमण गरी गम्भीर घाईते बनाइनु अत्यन्तै दुःखद र अस्वभनीय कार्य भएको छ’, विज्ञप्तिमा भनिएको छ ‘सो घटनामा उचित छानबिन गरि दोषी उपर कारबाही नभएमा हुने बिरोधका कार्यक्रममा पूर्ण रुपमा सहभागी हुन सम्पूर्ण चिकित्सकहरुमा नेपाल चिकित्सक संघ जनकपुर शाखा अपिल गर्दछ ।’