जनकपुरको राराव क्याम्पसको स्ववियु सभापतिमा ६ जनाको उम्मेदवारी – Jaleshwortoday

जनकपुरको राराव क्याम्पसको स्ववियु सभापतिमा ६ जनाको उम्मेदवारी

 March 11, 2023  
bb

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ फाल्गुण

जनकपुरधामस्थित रामस्वरुप रामसागर बहुमुखी (राराब) क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिकालागि ६ जनाले उम्मेदवारी दिएका छन् ।

चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि राराबको स्ववियु सभापतिमा ६ जनाले उम्मेदवारी दर्ता गराएका हुन् । ५ दलिय गठबन्धन घटक संयुक्त विद्यार्थी गठबन्धनको तर्फबाट गौतम यादवले उम्मेदवारी दिएका छन् । उनी जसपाका उम्मेदवार हुन् । गठबन्धनमा जनता समाजवादी पार्टी (जसपा), एमाले, माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी पार्टी र राप्रपा निकटका विद्यार्थी संगठनहरु रहेका छन् ।

यस्तै लोकतान्त्रिक समाजवादी निकट लोकतान्त्रिक विद्याथी संघको तर्फबाट प्रशान्त झा, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको तर्फबबाट मनिषकुमार यादव, जनमत पार्टी निकट विद्यार्थी जनमत संघको तर्फबाट इजाज मोमिन, स्वतन्त्र विद्यार्थी समूहबाट कन्हैयाकुमार पासवान र राष्ट्रिय विद्यार्थी परिषदबाट अभिशेक साहले सभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।

२१ सदस्यीय स्ववियु कार्यसमितिका लागि कुल ८८ जना उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन् । रारावको स्ववियु कार्यसमितिमा प्रत्यक्षबाट ११ जना र समानुपातिक तर्फबाट १० जना छानिनेछन् ।