केटीको लफडामा राराब क्याम्पस सभापति मनिष यादव रातभर थुनामा – Jaleshwortoday

केटीको लफडामा राराब क्याम्पस सभापति मनिष यादव रातभर थुनामा

 October 12, 2023  
bb

जलेश्वरटुडे समाचारदाता
धनुषा, २५ असोज

जनकपुरधामको रामसागर रामसरुप बहुमुखी (राराब) क्याम्पस स्ववियू सभापति मनिष यादव रातभर थुनामा परेका छन् ।

बुधबार राति धनुषाको ढल्केवरस्थित सम्राट डान्सबारमा केटीको लफडामा विवाद भएपछि दुई पक्षबीच कुटाकुट भएको थियो ।

स्रोतका अनुसार डान्सबारमा केटीको विषयमा लफडा भएपछि संचालकले सभापति यादवसहित दुबै पक्षका व्यक्तिलाई बाहिर निकालेको थियो । बाहिर भएपछि झडप नै भएको र दुबै पक्षका एक/एक जना घाइते भएका छन् ।

झडप हुन थालेपछि इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी पुगेर सभापति यादवसहित केहि व्यक्तिलाई नियन्त्रणमा लिएको बुझिएको छ ।

इप्रका ढल्केबरका प्रहरी निरीक्षक राजकिशोर साहले चोकमा दुई पक्षबीच झडप भएको बताए । झडपमा दुई जना घाइते भएको र सोही क्रममा सभापति यादवलाई नियन्त्रणमा लिएको बताए ।

प्रहरीले सभापति यादवलाई रातभर थुनामा राखेर आज विहान छाडिएको छ । प्रहरी निरीक्षक साहले सोमवार दुबै पक्ष छलफल गरी विवाद मिलाउन सहमती गरेपछि आज विहान सभापति यादवलाई छाडिएको बताए ।

यादव नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघबाट स्ववियू सभापतिमा निर्वाचित भएका हुन् ।