झिझिया कार्यक्रममा सहभागि महिलाहरुलाई साड़ी र सुट वितरण – Jaleshwortoday

झिझिया कार्यक्रममा सहभागि महिलाहरुलाई साड़ी र सुट वितरण

 October 23, 2023  
1324

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ५ कार्तिक

झिझिया कार्यक्रममा सहभागि महिलाहरुलाई एक कार्यक्रम वीच साड़ी र सुट वितरण
गरिएको छ । महोत्तरी जिल्लाको पिपरा गाउँपालिका वडा नं ५ बौधी माई मन्दिरको प्रांगणमा भएको झिझिया नृत्य कार्यक्रममा सहभागी र कार्यक्रममा आउनु भएका झिझिया टीमको मनोबल बढाउनको लागि पिपरा गाउँपालिकाको तर्फबाट १०० थान साडी र २५ थान सुट प्रदान गरियो ।
कार्यक्रममा मधेश प्रदेशका मुख्यमंत्री मा. सरोज यादव, युवा तथा खेलखुद मंत्री मा. सुरिता साह, पूर्व कृषि मन्त्री हरिनारायण यादव, गाउँपालिकाका उपाध्यक्ष वान्दन पाण्डेय, सम्पूर्ण वडा अध्यक्ष, लगायतको उपस्थित थियो उपाध्यक्ष पाण्डेयले भन्नुभयो “बौधी माई मन्दिर को विकास नै पिपरा गाउँपालिकाको पर्यटकीय विकास हो, र यसको विकासको लागि हामी निरंतर कार्यरत छौ । हाम्रो प्रयास छिटै सफल हुनेछन ।
मुख़्यमंत्री यादवले समेत उपाध्यक्ष पाण्डेयको विचारबाट सहमत हुँदै, प्रदेशस्तर बाट यहाँको बिकासकोलागि आवश्यक कार्यक्रम संचालक गर्ने प्रतिबढता गर्नु भयो ।