रेलले किचेर भारतीय चन्देश्वर दासको मृत्यु – Jaleshwortoday

रेलले किचेर भारतीय चन्देश्वर दासको मृत्यु

 November 14, 2023  
ss

जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ कार्तिक

धनुषामा रेलले किचेर मृत्यु भएको पहिचान खुलेको छ। धनुषाको विदेह नगरपालिकामा रेलले किचिएर मृत्यु हुनेमा भारतीय नागरीक ५० वर्षीय विन्देश्वर दास।रहेको प्रहरीले जनाएको छ।

मङ्गलबार बिहान ९ः३० बजे दासको रेलले किचेर मृत्यु भएको डीएसपी रंजन अवाले बताए । मृतक दासको घर भारतको मधुबन्नी जिल्लाको जयनगर, बेल्ही रेहेको डीएसपी अवाले बताए।

उनको अनुसार बैदेहि स्टेशन नजिकै रहेको पुलको रेल्वे लिकमा बाटो काट्ने क्रमामा रेलले किचेर दासको मृत्यु भएको हो । रेल धनुषाको कुर्थाबाट बिहान ८ः३० बजे जयनगरका लागि छुटेको थियो ।