प्रा.पवन कुमार साह
अहिले भर्खरै सप्ताहव्यापी विवाहपञ्चमी समपन्न भएको छ । विवाहपञ्चमी अर्थात सीतारामको विवाह महाउत्सवलाई बताउँदछ । यो महोत्सवलाई सफलता साथ समपन्न गर्न गराउनमा एउटै व्यक्ति वा ठाउँ वा परिवेशको हात छैन । यसमा अनन्त सरोकारबालाहरुको सहयोग र सदभाव रहेकोमा कसैको दुई मत छैन होला । यस सन्दर्भमा अन्य जिल्ला झै महोत्तरी जिल्ला विवाहपञ्चमीको व्यवस्थापन तथा सौन्दर्यता बढाउँनमा वर्तमान र भूतकालमा समेत अनेकन भूमिका निर्वाह गरेका ऐतिहासिक प्रमाणहरु पर्याप्त छन् । माता सीताको मटकोर विधि परापूर्वकालदेखि महोत्तरी जिल्लाको मटिहानीमा समपन्न हुने गरेका छन् । त्यसैगरी भारतीय २ नाकाहरु मधवापुर र भिठामोड भएर भारतीय पर्यटकहरु सुगा,जलेश्वर,पिपरा हुदै जनकपुधाम पुग्ने गर्दछन् । यी ठाउँहरु महोत्तरी जिल्लामै पर्दछन् । अर्थात यी क्षेत्रका जनसमुदायहरु माता जानकी र भगवान रामको मटकोर विधि होस वा जन्ती होस बडा हर्षको साथ आनन्द लिनुका साथै सहभागि समेत हुने गर्दछन् । यस वर्ष जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले समेत विवाहपञ्चमीमा भारत लगायत अन्य ठाउँहरुबाट आउने अतिथिहरुलाई भोजन तथा सुत्ने व्यवस्था गरेका थिए । यति मात्र होइन भिठामोड नजिकका छेउछाउका ठाउँहरुको सफाई व्यवस्थापन गराउनुको साथै पर्यटकहरुलाई जलेश्वरनाथको दर्शन गराउनको लागि समेत अथक प्रयास गरेका थिए । जलेश्वर नगरपालिकाको यस कामबाट विवाहपञ्चमीमा आउने सयौं भक्तजनहरु लाभ लिएका थिए । एक ताका जनकपुरधाम पनि महोत्तरी जिल्ला भित्र नै पर्दथे जुन अहिले धनुषा जिल्लामा पर्दछ । महोत्तरी जिल्लाको क्षेत्रफल अहिले भन्दा पहिले ज्यादै नै फराकिलो थियो । जनकपुरधाममा अहिले पनि ठूला व्यक्तिदेखि ठूला प्रतिष्ठानसम्म महोत्तरीबासी कै छ । त्यसकारण महोत्तरीबासी विवाहपञ्चमीमा हरेक वर्ष दाजुभाई भैm आफनो महत्वपूर्ण सहयोग तथा सहभागिता देखाउने गर्दछन् । महोत्तरी र धनुषा जिल्ला जतिसुकै भौगोलिक दृष्टिकोणले वर्गीकृत भए पनि एक अर्काको परिपूरक भएर अगाडी बढन आवश्यक रहेको देखिन्छ । भूतकालमा महोत्तरी समुद्र भए पनि अहिले वर्तमानमा विकासको गति र शासकको मतिले पिछडीएको छ । जलेश्वरनाथ मन्दिर,मटिहानी मठ र पहिलो संस्कृत विद्यालय,बाबा कारिकनाथ लगायत अनेकौ पर्यटकीय र धार्मिक ठाउँहरु छन् जसलाई एक अर्काले प्रचारप्रसार गर्न जरुरी छ । धनुषा जिल्लाको प्रचारप्रसार महोत्तरीले र महोत्तरी जिल्लाको प्रचारप्रसार धनुषा जिल्ला र यसै गरी सबैले सबैको प्रबद्र्धन गरयो भने हाम्रो विकास अवश्य हुने छ।
