पवन कुमार साह
जलेश्वर, १२ पौष
जलेश्वर नगरपालिकाको समग्र मुहार फेर्न तथा प्रशासकीय सुधारमा आफू लागि परेको नि. प्रमुख प्रशासकिय अधिकृत तथा शिक्षा शाखा प्रमुख जय कुमार साहले बताएका छन् ।
प्रशासकिय सुधारको लागि अहिले सम्म यस पालिकामा नरहेको प्रवेश विन्दुमा आगन्तुकको अभिलेखिकरण तथा हेल्प डेस्कको तत्काल व्यवस्था गरेको बताए । यसले पालिका भित्र आउनु जानेको पूर्ण अभिलेख राखिने तथा सम्बन्धीत शाखा वा कामको बारेमा तुरुन्त जानकारी सेवाग्राहीले पाउने अधिकृत साहले बताउनुभयो । अहिले मैले नि.प्रमुख प्रशासकिय अधिकृतको जिम्मेबारी पाएको करिब १० दिन मात्रै भएको छ तर अहिले नै कर्मचारीहरु समयमै पालिकामा उपस्थित हुनेगरेको,प्रत्येक शाखामा सेवाग्राहीलाई समयमै काम सुचारु गराएको,तलब,भत्ता,पेन्सन लगायतको भुक्तानीमा सरलता ल्याएको साथै हाकिमसँग सेवाग्राहीको भेटघाट विरलै हुने अवस्थालाई सरल बनाएको छु भन्दै अहिले पनि धेरै काम गर्न बाँकी रहेकोले सबैको सहयोग आवश्यक रहेको अधिकृत साहले बताए । अहिले नियमित रुपमा यस पािलका भित्रका विद्यालय तथा विभिन्न संघसंस्थाहरुको अनुगमन हुनुका साथै सामुदायिक विद्यालयहरुमा प्रदान गरिने दिवा खाजाको जाँच तथा छडके गर्न समेत भ्याएको बताए । यसबाट पक्कै पनि विभिन्न सरोकारबालाहरुले लाभ प्राप्त गर्ने अधिकृत साहले बताए । त्यसैगरी मेयर सुरेश साह सोनारले समेत जलेश्वरनाथको यस पावन नगरीलाई पर्यटकीय नगरीको रुपमा विकास तथा प्रबद्र्धन गर्न गराउनमा लागि परेको बताउनुभयो । यस जलेश्वर नगरपालिकाभित्रबाट प्रदान गरिने आवश्यक सेवाहरु सहज र सरल रुपमा प्राप्त गर्न गराउनको लागि अहिले मधेसकै शिक्षा प्रमुखलाई थप जिम्मेबारी दिई नि.प्रमुख प्रशासकिय अधिकृत जिम्मेबारी दिएको बताए ।
