मटिहानीमा २५ फिटको श्री रामको मूर्तिको पुजा गरिदैं – Jaleshwortoday

मटिहानीमा २५ फिटको श्री रामको मूर्तिको पुजा गरिदैं

 January 22, 2024  
4

जलेश्वरटुडे समाचारदाता
मटिहानी, ७ माघ

महोत्तरी जिल्लाको मटिहानीमा भगवान श्री रामको २५ फिटको मूर्ति बनाई पूजा अर्चना गरिने भएको छ । अयोध्यामा सोमबार हुने भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा सो मूर्तिको धार्मिक विधिवत लक्ष्मीनारायण मठमा राखी पूजा गरिने कुरा मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलले बताउनुभयो। करिब १५ दिन लगाएर कलाकारहरूले प्लाईको काठमा सो राम र सीताको मूर्ति तयार गरिएका छन। त्यसमा करिब २० वटा प्लाई खर्च भएको कुरा कलाकार राजु लाल ले बताएको छ। अहिले लक्ष्मीनारायण मठलाई बिजुली बत्ती र फूलको मालाले दुल्ही झै सिँगारिएको छ। त्यसैगरी सोमबार नै लक्ष्मीसागर पोखरीमा बिहान ८ बजे विशेष आरती तथा साँझमा लक्ष्मी नारायण मठ (मन्दिर)मा महाआरती गरिने छ ।