नागरिक समाजको भेला तथा प्रदर्शन – Jaleshwortoday

नागरिक समाजको भेला तथा प्रदर्शन

 April 26, 2024  
eee

जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ बैशाख

शिक्षामा रुपान्तरण भन्ने नाराका साथ विश्वव्यापी कार्यसप्ताह–२०२४ मनाउनको लागि धनुषाको हंसपुर नगरपालिका–३ कठपुल्लामा नागरिक समाजको भेला तथा प्रदर्शन कार्यक्रम गरिएको छ ।

एनसीई नेपाल, धनुषाको आयोजनामा कठपुल्लास्थित विद्यालय प्राङ्गनमा आयोजित भेला तथा प्रदर्शन कार्यक्रममा सहभागीहरुले शिक्षामा रुपान्तरण आवश्यक रहेको बताए ।

हंसपुर नगरपालिका–३ का वडाध्यक्ष उदयकुमार सिंहको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले सामुदायिक विद्यालयको शिक्षामा रुपान्तरण आवश्यक रहेको र यसको लागि तीनै तहको सरकारबीच समन्वय हुनुपर्नेमा जोड दिए ।

तीनै तहको सरकार शिक्षामा लगानी गर्दै आएपनि प्रतिफल संतोषजनक हुन नसकेको कारक समन्वयको अभाव रहेको उनीहरुले बताए ।

कार्यक्रममा शिक्षक, जनप्रतिनिधिहरुले आ आप्mनो धारणा राखेको एनसीई नेपाल, धनुषाका संयोजक कमलेश मण्डलले बताए ।