बालेनको पैत्रिक पालिकामै अधिकृत अनुपस्थित ! – Jaleshwortoday

बालेनको पैत्रिक पालिकामै अधिकृत अनुपस्थित !

 May 12, 2024  
1

गणेश कुमार सिंह
काठमाडौं, ३० बैशाख

काठमाडौं महानगरपालिकाका मेयर बालेनको पैत्रिक पालिका एकडारा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत विगत १० दिनदेखि अनुपस्थित रहेका छन् ।

महोत्तरीको एकडारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुबोध कुमार महतो मिति २०८१ बैशाख २३ गतेदेखि पालिकालाई विना जानकारी गराई अनुपस्थित रहेका छन् ।

यसअघि पनि पटकपटक विना जानकारी अनुपस्थित हुने गरेको, कर्मचारीलाई त्रासमा राख्ने, सेवाग्राहीसंग राम्रो व्यवहार नगर्नु, कार्य सम्पादन भएको योजनाको पनि भुक्तानी नगर्नु, अनेकौं कागजात पुगेन भनेर बारम्बार पालिका धाउन लगाउनु आदि जनगुनासो रहदै आएको छ ।