जलेश्वरटुडे समाचारदाता
धनुषा, ११ जेठ
धनुषाको शहीदनगर नगरपालिकामा दुई दिने वृहत्त विद्यालय सुरक्षा न्युनतम प्याकेज सम्ब्न्धी तालिम शुक्रबार सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहयोगमा आसमान नेपालले संचालन गरेको बालविवाह न्युनिकरण परियोजना अन्तर्गत शहीदनगर नगरपालिकाको जनता विष्णु आधारभूत विद्यालय यदुकोहामा सो तालिम संचालन भएको हो ।
तलिममा विपद् शब्दावली प्रमुख प्रकोपको अवस्था, कारण र प्रभावबारे जानकारी गराइएको सहजकर्ता ब्रम्हदेव यादवले बताए ।
वृहत्त विद्यालय सुरक्षा, अवधारणा र यसको विकासक्रम, वृहत्त विद्यालय सुरक्षा कार्ययोजना र विद्यालयमा कृत्रिम घटना अभ्यासबारे समेत तालिममा जानकारी गराइएको हो ।
बिहीबारदेखि सुरु भएको तालिममा शिक्षक, विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
