मधेसको लागि ठूलो उपलब्धि – Jaleshwortoday

मधेसको लागि ठूलो उपलब्धि

 September 8, 2024  
Jaleshwor Today Editorial

प्रा.पवन कुमार साह

चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस)का लागि ५० सिट निर्धारण गरे पछि यो ठूलो उपलब्धिको रुपमा सावित भएको छ । यससँगै मधेस प्रदेशमा पहिलो पटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ । मधेस प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबिबिएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेपछि मधेसमा खुशीको लहर चलेको छ । अहिले विज्ञान संकाय पढने विद्यार्थीहरु ज्यादै नै खुशी देखिन्छन् । चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा अञ्जनीकुमार झा लगायत सम्बद्ध पदाधिकारीलाई भेटी आवश्यक पूर्वाधार लगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबिबिएस पढाइका लागि तत्काल सिट निर्धारण गर्न मुख्यमन्त्री सिंहले आग्रह समेत गरिसकेको छ । प्रतिष्ठानलाई प्राप्त ५० सिट मध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबिबिएस पढ्न पाउनेछन् । यो उपलब्धि भनेको मधेस र मधेसी विद्यार्थीहरुका लागि यथेष्ट देखिन्छ । यसको सदुपयोग तथा अवसरको प्राप्तिको लागि प्रत्येक मधेसी विद्यार्थीले प्रयासरत रहन आवश्यक रहेको देखिन्छ ।