मधेस प्याब्सन धनुषा जिल्ला कार्यसमितिद्वारा बन्दको ऐक्यबद्धता,मंसिर ५ गते भित्र समस्या समाधान गर्न अल्टिमेटम – Jaleshwortoday

मधेस प्याब्सन धनुषा जिल्ला कार्यसमितिद्वारा बन्दको ऐक्यबद्धता,मंसिर ५ गते भित्र समस्या समाधान गर्न अल्टिमेटम

 November 19, 2024  
3

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, ३ कार्तिक

मधेस प्याब्सन धनुषा जिल्ला कार्यसमितिद्वारा हिसान,एनप्याब्सन र प्याब्सनले गरेको सम्पूर्ण नीजि संस्थागत विद्यालय बन्दको निर्णयमा ऐक्यबद्धता जनाई २०८१ मंसिर ५ गते बुधबारसम्म बन्दको निकास निकाल्न अल्टिमेटम दिएको छ । मधेस प्याब्सनको जिल्ला सचिव अमन यादवद्वारा हस्ताक्षरित अपिलमा ५ गते बुधबारसम्म समस्या सामाधान नभए धनुषा जिल्लाका सम्पूर्ण नीजि संस्थागत विद्यालयहरु बन्द गरेर थप आन्दोल गर्ने चेतावनी समेत जनकपुरधाम उपमहानगरलाई दिइएको पत्रमा लेखिएको छ ।

अहिले नीजि विद्यालयहरु अनिश्चित कालिन बन्दका कारण हजारौं विद्यार्थीहरु प्रभावित भएका छन् । हिसान,मधेस प्याब्सन, एनप्याब्सन र प्याब्सनद्वारा संयुक्त रुपमा गरिएको अनिश्चित कालिन बन्दको कारण जनकपुरधाममा अध्ययनरत कक्षा पिजीदेखि कक्षा १२ सम्मका नीजि विद्यालयहरु बन्द भएर विद्यार्थीहरु पूर्णरुपमा प्रभावित भएका छन् । नीजि विद्यालयहरु बन्दका कारण अभिभावकहरु समेत चिन्तित देखिएका छन् । छात्रवृत्ति वितरण व्यवस्थापन समिति २०७४ बमोजिम छात्रवृत्ति छनौट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि २०८१ भाद्र १४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरुमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरुबाट भर्ना शुल्क,मासिक शुल्क र परीक्षा शुल्क बाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुनः २०८१ साल कार्तिक १४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने हुँदा अन्य स्थानिय तह झै शुल्क तोकि दिन २०८१ कार्तिक २९ गते भनिए पनि नगर प्रमुख मनोज कुमार साहले नमाने पछि मंसिर ३ गतेदेखि विद्यालयहरु बन्द गर्न बाध्य भएको हिसानको विज्ञप्तिमा उल्लेख छ ।
यता जनकपुरधाम उपमहानगरले मंसिर २ गते नै विद्यालय क्षेत्र शान्ति क्षेत्र हो र यहाँ बन्द हडताल कानुन सम्बत गर्न नमिल्ने भएको हुदा असन्तुष्ट पक्षलाई वार्ता र सम्बादको लागि आग्रह गरिएको पत्रमा देखिए पनि मधेस प्याब्सन ,हिसानलाई यस सम्बन्धी कुनै पनि जानकारी नरहेको स्रोतबाट बुझिएको छ ।

मधेस प्याब्सन धनुषा जिल्ला कार्यसमितिको अध्यक्ष सुजित मिश्र रहेको छ ।

467651330_3933471986885043_550364200946978686_n