जलेश्वर अस्पताललाई व्यवस्थित गर – Jaleshwortoday

जलेश्वर अस्पताललाई व्यवस्थित गर

 May 8, 2021  
editorial

महोत्तरीको जलेश्वर अस्पतालको दुराबस्थाको कथा अहिले जिल्लाभरी नै गुञ्जिरहेको बुझिएको छ । कोरोना भाइरसको संक्रमणको बेलामा जलेश्वर अस्पताललाई बिगत तथा वर्तमानमा समेत कोरोना अस्पतालको रुपमा कायम गरीएको अवस्थामा संक्रमितको मृत्यु स्वास्थ्य सामाग्री तथा दक्ष जनशक्तिको अभावमा हुनु अस्पतालको मेसु तथा अध्यक्षले जिम्मेबारी लिनु पर्ने देखिन्छ । कोरोना भाइरस आजै आएको होइन । कोरोना भाइरसको दोस्रो पटकको संक्रमण विरुद्धको तयारी सम्बन्धमा पूर्व नै नेपाल सरकारबाट विभिन्न स्वास्थ्य ईकाईहरुलाई जानकारी गराईएको थियो । कमि कमजोरी तथा जनशक्ति अभाव सम्बन्धमा समयमै व्यवस्थापन गराउन नसक्नु व्यवस्थापककै कमि कमजोरी तथा लापरबाहिलाई देखाउदछ । त्यसकारण आफूलाई नाम भन्दा काम गरेर राम्रो बन्नु नै उचित तथा सामाजिक देखिन्छ । पूर्व समाचार अनुसार जलेश्वर अस्पतालमा कार्यरत चिकित्सक समेत अस्पतालको समयमा निजी अस्पताल तथा क्लिनिकमा काम गर्न पाउनु व्यवस्थापककै कमि कमजोरीलाई लुकाउन सकिदैन । त्यसकारण यस किसिमको लापरबाही पटक—पटक दोहोरिनुको कारण जुनसुकै भए पनि नैतिकताको आधारमा जिम्मेबारीलाई गम्भीर रुपमा बहन गर्नुपर्ने अथवा पदिय जिम्मेबारीबाट राजिनामा दिनुपर्ने देखिन्छ । यता नागरिक समाज,बुद्धिजिबि,स्थानिय प्रशासन,स्थानिय सरकार तथा प्रदेश सरकारले सिघ्र यस्ता घट्नालाई विरोध गर्नुका साथै सन्तुलित समाधानको बारेमा समेत चिन्तन गरी गल्ती पहिचान गर्न अनुसन्धान समिति कायम गरी दोषिलाई कारबाही समेत गर्न अगाडी बढनु पर्ने आवश्यकता रहेको देखिन्छ ।