धनुषाको देवपुरा रुपैठामा निषेधाज्ञा जारी – Jaleshwortoday

धनुषाको देवपुरा रुपैठामा निषेधाज्ञा जारी

 November 14, 2021  
Deupara

जलेश्वरटुडे समाचारदाता
धनुषा, २७ कार्तिक
धनुषाको केही भागमा निषेधाज्ञा जारी गरिएको छ । आज केही उच्छृङखल व्यक्ति तथा समूहहरुले जिल्ला धनुषा जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० देवपुरा रुपैठा भन्ने ठाउँमा सम्प्रादायिक सद्भावमा खलल पुग्ने गरी नारा जुलुस हुलहुज्जत गरि रहेको बुझिएकोले तत्कालको शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम कुनै प्रकारको भेला जुलुस, प्रर्दशन, घेराउ, प्याली, सभा जस्ता कृयाकलाप गर्न नपाउने गरी आज दिउँसो २ः०० बजे देखि भोलि राती १० बजेसम्मको लागि निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी बास्तोलाले जानकारी दिए । स्थानीय प्रशासनले पुर्वमा जलाद नदीको कल्टी बांध पश्चिममा जनकपुर जटही मार्ग दोबाटो उत्तरमा हनुमाननगर रामपुर बहुअर्वा जाने बाटो र दक्षिणमा देवपुरा निमचौक देखि बहुअर्वा जाने बाटोसम्म निषेधाज्ञा जारी गरिएको छ । यस अघि छठ्को बखत मुस्लिम समुदायद्वारा हिन्दु समुदायका धर्माबल्मिहरुलाई अवरोध गरिएका थिए ।