दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, जेठ ३
हलुवाई समाज नेपाल धनुषाको प्रथम जिल्ला अधिवेशन जनकपुरधामस्थित रघुपति पैलेशमा भव्य तथा सफल रूपमा सम्पन्न भएको छ। अधिवेशनले प्रमोद कुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
कार्यक्रमका प्रमुख अतिथि हलुवाई समाज नेपाल मधेस प्रदेशका अध्यक्ष राम शंकर साह रहेका थिए भने अधिवेशनको अध्यक्षता हरि नारायण गुप्ताले गरेका थिए। कार्यक्रममा वक्ताहरूले समाजको एकता, संगठन विस्तार तथा सामाजिक सशक्तीकरणमा नयाँ कार्यसमितिको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए।
नवगठित कार्यसमितिको उपाध्यक्षमा किसन कुमार साह, अशोक प्रसाद साह तथा राम आशिष साह चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा शुसिता कुमारी साह चयन भएकी छन्।
सचिव पदमा मोनु गुप्ता, उपेन्द्र साह, गोपाल साह तथा अनिता देवी साह चयन भएका छन्। सदस्यहरूमा प्रदीप कुमार राय, कामेश्वर साह, दुर्गा प्रसाद साह, जित नारायण साहसहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
त्यसैगरी सल्लाहकारमा अर्जुन साह, सीताराम साह, गंगा प्रसाद साह तथा सुरेन्द्र साह चयन भएका छन्।
अधिवेशनले हलुवाई समुदायको हकहित संरक्षण, सामाजिक एकता तथा संगठनलाई जिल्लास्तरमा अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
