अहिले केहि दिनदेखि बढ्दै गएको गर्मीका कारण मधेस क्षेत्रको जनजिवन प्रभावित भएको देखिन्छ । मनसुनको शुरुवात भए पनि प्राकृतिक वर्षाको अनियमितताका कारण पनि यहाँ तापक्रम उच्च रहेको विज्ञहरुका प्रक्षेपण रहेको छ । मधेस प्रदेशका केहि सामुदायिक तथा नीजि विद्यालयहरुका गर्मी बिदा १ देखि २ दिनको लागि दिइए पनि खासै लाभकारी नभएको देखिन्छ । अहिले नीजि तथा सामुदायिक विद्यालयहरुमा प्रथम त्रैमासिक परिक्षा लिनको लागि चटारो देखिएकोले यो गर्मी बिदा श्रावणको पहिलो वा दोस्रो हप्तामा हुने आशंका गर्न सकिन्छ । असार मसान्तको अन्त्यको बेला रहेकोले अन्य प्रदेश सँगै मधेस प्रदेशका स्थानिय पालिकाहरु समेत असार मसान्तको भुक्तानीदेखि अन्य व्यवस्थापनमा लागेको देखिन्छन् । स्थानिय सरकार पनि असारमा उच्च गर्मीको व्यवस्थापनको बैकल्पिक उपायहरुका बारेमा जनसमुदायलाई सचेत गराउन तथा राहतका सामाग्री बाँडनमा तत्पर नरहेको देखिन्छन् । यति मात्र होइन जिल्लाहरुमा रहेको संकट व्यवस्थापन निकायहरु समेत यतिबेला मौन रहेको देखिन्छन् । नागरिक स्वास्थ्यका बारेमा ख्याल गर्नु संकट व्यवस्थापन निकायको प्रथम धर्म तथा कर्मको रुपमा रहेको देखिन्छन् । स्थानिय निकाय समेत आफ्ना स्थानिय जनतालाई सहयोग र उच्च गर्मीबाट बच्न र बचाउन विभिन्न राहत सामाग्रीहरु वितरण गर्न आवश्यक रहेको देखिन्छ । यति बेला अन्य सामाजिक संघसंस्था तथा मानव अधिकारकर्मीहरु समेत जनताको सरोकारका विषयमा बकालत गर्नुका साथै राहत सामाग्रीहरु लिएर घरदैलोमा पुग्न आवश्यक रहेको देखिन्छन् । महोत्तरीको प्रतिष्ठीत रतौली युवा कल्वको समेत सामाजिक कार्यहरुमा रुचि रहेकोले यतिबेला सो संस्थाले जनतालाई छाता,पातलो सुतिका लगाउने लुगा लगायतका सामाग्रीहरु बाँडन आवश्यक रहेको देखिन्छ । नेपाल विद्युत प्राधिकरणको सेवामा महोत्तरी,धनुषा लगायत अन्य जिल्लाहरुमा समेत अघोषित रुपमा लोडसेडिंग गर्ने,भोल्टेजमा घटबढ हुने जस्ता समस्याहरु देखिएकाले सम्बन्धीत प्रमुख जिल्ला अधिकारीहरुले समेत यसको व्यवस्थापनको लागि अनिवार्य रुपमा वकालत गरिदिनु पर्ने आवश्यकता रहेको देखिन्छ । अन्त्यमा आम जनताले समेत उच्च गर्मीबाट बच्न आफैले पनि खानपानमा ध्यान दिनुका साथै दैनिक रुपमा नुहाउनु आवश्यक रहेको देखिन्छ । बाहिर अत्यावश्यक काम बाहेक ननिस्कने तथा जानै पर्ने भए छाता वा गाडी चढेर जाने गर्नु पर्दछ । यतिबेला बाहिर जाँदा पनि पिउने पानी सँगै बोकेर लग्न आवश्यक रहेको देखिन्छ । यतिबेला जिउमा पानिको मात्रा कम हुन दिनु हुदैन ।
