दिपक श्रेष्ठ मण्डल
जनकपुरधाम, २१ भदौ
लायन्स क्लब अफ जनकपुरधाम जानकी र लायन्स क्लब अफ जनकपुरधाम रोयल्सका नवनिर्वाचित पदाधिकारीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै शनिबार जनकपुरधामस्थित होटल मिथिला ब्यान्क्वेटमा आयोजित समारोहबीच पदभार सम्हालेका छन्।
लायन्स क्लब अफ जनकपुरधाम जानकीको वर्ष २०२६/०२७ का लागि ललितकुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ। नवनिर्वाचित अध्यक्ष साहसहितका पदाधिकारीले शपथ ग्रहण गरी कार्यभार सम्हालेका हुन्।
क्लबको प्रथम उपाध्यक्षमा गौतम सर्राफ, द्वितीय उपाध्यक्षमा प्रदीपकुमार दास, सचिवमा रामकिशोर साह र कोषाध्यक्षमा सञ्जयकुमार साह चयन भएका छन्। त्यस्तै, एमसी चेयरपर्सनमा गौतम अग्रवाल, एलसीआईएफ संयोजकमा सन्तोषकुमार साह, टेमरमा नरेशकुमार साह र टेल ट्विस्टरमा रघुवीर अग्रवाल चयन भएका छन्।
डाइरेक्टरमा अमरनाथ गुप्ता, वीरेन्द्र साह, रविकुमार साह र अरुणकुमार साह रहेका छन्। समारोहमा जीईटी एरिया लिडर शम्भु घिमिरे र डिस्ट्रिक्ट गभर्नर अजय प्रसाद खनालको सहभागिता थियो।
यसैगरी, लायन्स क्लब अफ जनकपुरधाम रोयल्सको अध्यक्षमा दुर्गेशकुमार साहको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ। प्रथम उपाध्यक्षमा नवराज उपाध्याय, द्वितीय उपाध्यक्षमा निशान्त साह, सचिवमा रोशन साह र कोषाध्यक्षमा रोशन चौधरी चयन भएका छन्।
रोयल्सको सर्भिस चेयरपर्सनमा सरोज चौधरी, मेम्बरसीपमा मनिका कुमारी साह, मार्केटिङमा रामसोगारथ साह, चेयरपर्सनमा बलरामकुमार साह र एलसीआईएफ संयोजकमा धीरज साह चयन भएका छन्। बोर्ड अफ डाइरेक्टरमा वसन्तकुमार साह, गोविन्दराज मण्डल, सन्तोषकुमार साह र ओमप्रकाश साह रहेका छन्।
समारोहमा नयाँ कार्यसमितिको पदस्थापनसँगै लायन्स क्लब अफ जनकपुरधाम रोयल्सलाई आधिकारिक चार्टरसमेत प्रदान गरिएको थियो। कार्यक्रममा वक्ताहरूले लायन्स क्लबले सामाजिक तथा मानवीय सेवाको क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्दै नयाँ नेतृत्वले सेवाका गतिविधिलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरे।
शपथ ग्रहणपछि दुवै क्लबका नवनिर्वाचित पदाधिकारीहरूले सामाजिक तथा मानवीय सेवाका कार्यक्रमलाई प्राथमिकतामा राख्दै समुदायमा सेवाको पहुँच विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
समारोहमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, मनोज चौधरी,जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवलगायतको उपस्थिति थियो।
