जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, १९ भदौ
ज्ञान गंगा ईन्टरनेशनल पब्लिक स्कुलले श्री कृष्णजन्माष्टमी पर्व धुमधामका साथ मनाएको छ ।
जनकपुरधामको मुरली चौकबाट मालपोत जानेबाटोमा पर्ने प्रदेश निर्वाचन कार्यालयको सामुने रहेको यस विद्यालयमा एक बिहानैदेखि विद्यार्थीहरु राधा र कृष्णको पहिरनमा सजिएर मनमोहक देखिएका थिए । साना—साना नानीहरुका राधा र कृष्णको पहिरन साच्चै नै यस विद्यालयमा साक्षात भगवान कृष्ण र माता राधाको आगमन भएको देखिएको थियो । साना कक्षादेखि ठूला कक्षाका विद्यार्थीहरुले भगवान कृष्ण र राधा रानीको गीतमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए । एकल तथा युगल नृत्यले अभिभावक तथा उपस्थित गुरुवर्गहरु आनन्दीत भएका थिए । विद्यार्थीहरुले भगवान कृष्णको जन्मोत्सवको अवसरमा आफ्ना विचारहरु समेत स्पीचको रुपमा प्रस्तुत गरेका थिए । विद्यालयको संस्थापक प्रधानाध्यापक प्रा.पवन कुमार साहले भगवान कृष्णको जीवनबाट हामीले धेरै नै साकारात्मक ज्ञान अनुसरण गरी विद्यार्थी जिवन तथा गृहस्थ जीवनलाई स्वर्णिम बनाउन सकिने बताउनु भयो । प्र.अ.साहले विद्यालयका सहयोगी गुरुवर्ग तथा अभिभावकहरु प्रति आभार प्रकट गर्नुका साथै सबैमा श्री कृष्णजन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भयो ।
