शहिद संजय चौधरी सहित मधेसको शहिदप्रति श्रद्धासुमन अर्पण – Jaleshwortoday

शहिद संजय चौधरी सहित मधेसको शहिदप्रति श्रद्धासुमन अर्पण

 September 11, 2026  
2

जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २५ भाद्र
जनकपुरधामको रौनियार धर्मशालाको सभा हलमा बिहिबार “मधेस अबकी राह” भन्ने विषयका साथ संचालित शहिद संजय चौधरी सहित मधेस आन्दोलनको शहिदहरु प्रति सम्मान तथा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
मधेस आन्दोलनको वीर शहिद संजय चौधरी लगायतका शहिदहरु प्रति माला,अबिर तथा पुष्प अर्पण गरि कार्यक्रमको शुरुवात गरिएको थियो । साथै सोहि कार्यक्रममा शहिद परिवारका सदस्यहरुलाई समेत दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कार्यक्रममा हिन्दी भाषा अभियानी तथा समाजसेवी रमन पाण्डे,तमोलोपाको वरिष्ठ नेता डा. विजय सिंह, पूर्व प्रदेश साँसद सुरिता साह,पूर्व जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर साह,संजय सिंह लगायतका बक्ताहरुले शहिद संजय चौधरी लगायत मधेसका तमाम वीर शहिदहरु प्रति उच्च सम्मान प्रकट गर्दै मधेस र मधेसी दलको वर्तमान अवस्था र व्यथाको बारेमा चर्चा गरेका थियो । कार्यक्रममा उपस्थित सहभागि तथा नेता गणलाई गमछा ओढाएर सम्मान समेत गरिएको थियो । नेता लाल किशोर साह,डा.विजय सिंह तथा जउपमनपा वडा नं. १४ को वडाध्यक्ष पुण्य प्रताप यादव गरी तीन जनालाई मायाको चिनो सहितले विशेष सम्मान गरिएको थियो ।