सम्पादकीयः प्रम बालेनको यात्रा सफल होस् – Jaleshwortoday

सम्पादकीयः प्रम बालेनको यात्रा सफल होस्

 September 24, 2026  

प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार अमेरिकाको लागि प्रस्थान गर्नु भएको छ । यो निश्चित रुपमा प्रधानमन्त्रीको अहिले सम्मको पहिलो भ्रमण रहेको छ । बिगतका विभिन्न कालखण्डमा फरक फरक प्रधानमन्त्रीहरु भए र प्रायः सबैको पहिलो भ्रमण छिमेकी राष्ट्र भारतको हुने गथ्र्याे जुन प्रम बालेनले यस पटक फरक सन्देश दिएको छ । प्रम बालेन्द्रले नेपाली जनताको आकाँक्षा तथा आवश्यकतालाई उच्च कदर गर्ने विश्वास गरिएको छ । प्रधानमन्त्रीको सम्बोधन खास गरेर जलवायु परिवर्तनले रसुवागढी सहित विभिन्न क्षेत्रमा आएको बाढी र यसबाट नेपाल जस्तो अल्पविकसित देशमा पर्न गएको क्षतिको पूर्ति गर्न समपन्न राष्ट्रहरुले अनिवार्य रुपमा ध्यान दिनुपर्ने र सो क्षतिपूर्ति तत्काल दिनको लागि प्रस्ताव सहित उपस्थित हुने बुझिएको छ । सँयुक्त राष्ट्र संघको ८१ औं महासभामा विश्वका विभिन्न राष्ट्रका प्रतिनिधिहरुका उपस्थितिको वीचमा असोज ८ गते सम्बोधन गर्नु हुने छ । यो सम्बोधनले शायद बाढी पिडीत नेपालीहरुले आफ्नो देश बाहिरको हक पाउने छन् । हाम्रो सरल तथा उच्च विचार भएको प्रधानमन्त्री शाहको भ्रमण र सम्बोधनले उच्च सफलता पाओस् भन्ने माता जानकीसँग प्रार्थना गर्दछौं ।